यो चुनाव देश जलाउने र देश बनाउने शक्तिबीचको चुनाव होः अध्यक्ष ढकाल

0
3

काठमाडौँ । पेसागत महासंघ नेपालका अध्यक्ष पुण्य ढकालले सहकारी ठगीका मुद्दा बढी भएका व्यक्तिहरू र तिनका समर्थकहरूले नै देशमा आगजनी र अराजकता फैलाइरहेको आरोप लगाएका छन्। एक चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विकासको बाटोमा देश अघि बढिरहेको बेला योजनाबद्ध रूपमा भ्रम फैलाएर एमालेविरुद्ध जनमत भड्काउने प्रयास भइरहेको बताए।

उनले स्पष्ट शब्दमा भने, “सहकारी ठगीका काण्डमा मुछिएका, मुद्दा थुप्रिएका तिनै पात्रहरूले देश जलाउने काम गरेका हुन्। को देश बनाउने हो र को देश जलाउने हो भन्ने कुरा जनताले राम्ररी चिनेका छन्।” अध्यक्ष ढकालका अनुसार विकासका ठोस कामहरू देखिँदा देखिँदै पनि तिनलाई ओझेल पारेर एमालेमाथि निराधार आरोप लगाउने प्रवृत्ति मौलाउँदै गएको छ।

अध्यक्ष ढकालले केपी शर्मा ओलीको नेतृत्वमा मुलुकले पूर्वाधार, सडक, ऊर्जा, स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा उल्लेखनीय फड्को मारेको दाबी गरे। “एमाले नेतृत्वको सरकारले विकासको गति अघि बढाएकै हो, यो कुरा देशका नागरिक सबैलाई थाहा छ। तर दुर्भाग्यवश, ती उपलब्धिहरूको चर्चा हुन दिइँदैन,” उनले भने। विकासका काम रोक्न र जनतालाई अन्योलमा पार्न योजनाबद्ध रूपमा गलत प्रचार भइरहेको उनको आरोप थियो।

उनका अनुसार यसपटकको निर्वाचन सामान्य निरन्तरता मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड हो। “यो चुनाव अघिल्ला निर्वाचनजस्तो सामान्य छैन। यो देश जलाउने र देश बनाउने शक्तिबीचको चुनाव हो,” अध्यक्ष ढकालले जोड दिए। गलत तत्वहरूलाई परास्त गरी स्थायित्व, समृद्धि र राष्ट्रिय हितको रक्षा गर्न एमालेको बहुमत अपरिहार्य रहेको उनको भनाइ थियो।

अध्यक्ष ढकालले मतदातालाई भावनामा होइन, यथार्थ र उपलब्धिका आधारमा निर्णय गर्न आग्रह गर्दै सूर्य चिन्हमा मतदान गर्न अपिल गरे। “देश बचाउन, विकासलाई निरन्तरता दिन र अस्थिरताको राजनीति अन्त्य गर्न एमालेले स्पष्ट बहुमत ल्याउनै पर्छ,” उनले भने।

उनले  विकास, स्थिरता र राष्ट्रिय स्वाभिमानको पक्षमा उभिन सबै नागरिकलाई आह्वान गर्दै भने, “यो निर्वाचन केवल सत्ता परिवर्तनको विषय होइन, यो देशको दिशा तय गर्ने जनमत संग्रह हो।”

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here