पूर्वराजा ज्ञानेन्द्र शाह हेलिकप्टरमार्फत काठमाडौँ आउँदै, विमानस्थलमा उच्च सुरक्षा सतर्कता

0
3

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउने भएका छन्। यसअघि उनी बुद्ध एयर को विमानमार्फत आउने तयारीमा रहेको जानकारी थियो।

तर मौसम प्रतिकूल भई जहाज उडानमा ढिलाइ हुने सम्भावना देखिएपछि शाहले हेलिकप्टरमार्फत यात्रा गर्ने निर्णय गरेको विमानस्थल सुरक्षा कार्यालयका एक अधिकृतले जानकारी दिएका छन्। सुरक्षा स्रोतका अनुसार उनी कैलाश हेलिकप्टर मार्फत काठमाडौँ आउन लागेका हुन्।

उनी मध्यान्ह १२ बजे झापाबाट प्रस्थान गर्ने र करिब १ घण्टा १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मा अवतरण गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, शुक्रबार राजावादी समूहहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शाहको स्वागतका लागि समर्थकहरू भेला गर्ने तयारी गरेका छन्। सम्भावित प्रदर्शनका क्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आकलन गर्दै प्रहरीले विमानस्थल क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here