सर्वोच्च अदालतको फैसलाको अधिकारी द्वारा स्वागत

0
7

काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका संस्थापक अध्यक्ष होमप्रसाद अधिकारीले इम्बोस्ड नम्बर प्लेट तथा ट्राफिक प्रहरीलाई दिइएको अधिकारसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालतबाट नेपाल र नेपालीको हितमा आएको फैसलाको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका छन। अधिकारीका अनुसार, इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयले नेपाली भाषा, लिपि र राष्ट्रिय पहिचानमाथि गम्भीर प्रश्न उठाएको थियो। उनले भने, “नेपाली सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटमा नेपाली लिपिको स्थान क्रमशः हट्दै जानु केवल भाषिक विषय मात्र होइन, यो हाम्रो राष्ट्रिय स्वाधीनता र आत्मनिर्णयसँग जोडिएको विषय हो। साथै, नागरिकको व्यक्तिगत विवरण विदेशी प्रणालीमा निर्भर हुनु गोपनीयताको दृष्टिले पनि चिन्ताजनक छ।”

अधिकारीका अनुसार यातायात व्यवस्थापनका नाममा ट्राफिक प्रहरीलाई दिइएको अधिकारले कानुनी सन्तुलन बिग्रँदै गएको थियो। “सवारीसाधनका कागजपत्र नियन्त्रणमा लिने, प्रशासनिक र मर्मतसम्बन्धी कामसम्म ट्राफिक प्रहरीलाई दिइनु संविधानको भावना विपरीत थियो,” उनले बताए, “यसले यातायात व्यवसायी र श्रमिक मात्र होइन, आम नागरिकसमेत अन्योलमा परेका थिए।”

उनले यी दुवै विषयमा सर्वोच्च अदालतबाट आएको फैसला नेपाल र नेपालीको हितमा रहेको उल्लेख गर्दै भने, “सम्मानित सर्वोच्च अदालतले संविधान, नागरिक अधिकार, गोपनीयता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर गरेको निर्णयले हामी सबैलाई न्यायप्रतिको भरोसा अझ बलियो बनाएको छ।” अधिकारीले देशभरका यातायात व्यवसायी र श्रमिकको तर्फबाट माननीय न्यायाधीशहरू, कानुन व्यवसायी तथा सचेत नागरिकप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि कानुनी र शान्तिपूर्ण रूपमा राष्ट्रिय हितका विषयमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here