दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजावादी अभियन्ता दुर्गा प्रसाईलाई बिना सर्त रिहा गर्न माग गरेको छ । राप्रपाका अध्यक्ष राजेन्द लिङ्देनले विज्ञप्तिमार्फत प्रसाईलाई निशर्त रिहाइका लागि माग गरेका छन्। प्रसाईलाई रिहा गर्न माग गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईलाई दुःख दिने नियतबाट पटक पटक पक्राउ गर्नु आश्चर्यको विषय हो,’ अध्यक्ष लिङ्देनले लेखेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईलाई बिना सर्त रिहा गरियोस् ।’ प्रसाईलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.