सामाजिक अभियान्ता हेम थापाले उठाए बालेन माथि प्रश्न

0
4

काठमाडौं । सामाजिक अभियन्ता हेम थापाले प्रहरीद्वारा चलाइएको गोली र त्यसबाट उत्पन्न घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारीबारे प्रश्न उठाउँदै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) सम्म बहस पुर्‍याएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा अहिले राजनीतिक र सामाजिक वृत्तमा चर्चाको विषय बनेको छ ।

थापाले आफ्नो पोस्टमा राज्यको अभिभावकका रूपमा प्रधानमन्त्रीले प्रहरीको गोलीबाट भएको घटनाको जिम्मेवारी लिनैपर्ने तर्क अघि सारेका छन् । उनका अनुसार सुरक्षा निकाय सरकारकै नियन्त्रणमा रहने भएकाले त्यसबाट हुने हरेक गम्भीर घटनामा प्रधानमन्त्री नैतिक रूपमा उत्तरदायी हुन्छन् । “राज्य सञ्चालन गर्ने नेतृत्वले जिम्मेवारीबाट पन्छिन मिल्दैन,” उनको भनाइ छ ।

यही तर्कलाई अगाडि बढाउँदै थापाले अर्को संवेदनशील प्रश्न उठाएका छन् । उनले काठमाडौं महानगरका प्रमुख बालेन साहको चुनावी अभियानसँग सम्बन्धित एक पत्रकारको मृत्युको विषय उठाउँदै नैतिक जिम्मेवारीको मापदण्ड एउटै हुनुपर्ने कि नहुने भन्ने प्रश्न गरेका छन् । “यदि प्रधानमन्त्रीले राज्यको अभिभावकका रूपमा प्रहरीको गोलीको जिम्मा लिनुपर्छ भने, बालेनको चुनावी यात्रामा सँगै हिँडेको पत्रकारको मृत्युको जिम्मा अभिभावक र नैतिकताको हिसाबले बालेनले लिनुपर्दैन ?” भन्ने प्रश्न उनले सार्वजनिक रूपमा गरेका छन् ।

उनका अनुसार नेपाली राजनीतिमा शक्ति र पदअनुसार जिम्मेवारीको व्याख्या फरक–फरक गरिन्छ, जुन लोकतान्त्रिक मूल्यका लागि खतरनाक अभ्यास हो । “नैतिकता पदअनुसार बदलिने विषय होइन,” थापाले लेखेका छन् ।

यस विषयमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएका छन् । केहीले थापाको तर्कलाई समर्थन गर्दै सबै सार्वजनिक पदमा बसेकाले बराबर रूपमा नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । अर्काे पक्षले भने प्रत्यक्ष जिम्मेवारी र परिस्थितिको मूल्यांकन फरक हुनुपर्ने तर्क अघि सारेका छन् ।

हेम थापाको यो अभिव्यक्तिले प्रहरी दमन, राजनीतिक नेतृत्वको उत्तरदायित्व, र सार्वजनिक व्यक्तित्वको नैतिक दायित्वबारे फेरि एकपटक गम्भीर बहस सुरु गराएको छ । राज्यको अभिभावक को हो, जिम्मेवारीको सीमा कहाँसम्म हो र नैतिकताको मापदण्ड सबैका लागि समान हुनुपर्छ कि हुँदैन भन्ने प्रश्न अहिले सार्वजनिक बहसको केन्द्रमा पुगेको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here