🎄 Holiday Season Special
काठमाडौंको मुलपानीबाट प्रहरीले समात्यो १० लुटेरा
काठमाडौं । प्रहरीले काठमाडौंको मुलपानीबाट १० जनालाई पक्राउ गरेको छ । लुटपाटमा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
सोही टोलीले गएराति लुटपाटमा संलग्न १० व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए । पक्राउको क्रममा गोली समेत चलाउनु परेको उनले बताए । यस सम्बन्धी विस्तृत विवरण पछि सार्वजनिक गर्ने प्रहरीले जनाएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.