हिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज सम्पन्न

0
44

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज पौष ३० गते सफलतापूर्वक सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त सभाले बैंक तथा बैंकका सहायक कम्पनीसमेतको एकीकृत वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय प्रगति, सञ्चालन अवस्था तथा भावी रणनीतिबारे जानकारी गराउनुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै सभाले बैंकको कार्यसम्पादनलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेको जनाएको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२÷०८३ का लागि वर्तमान लेखापरीक्षक ए.जे.एन्ड एसोसिएट्सलाई पुनः नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी नियामक निकायको निर्देशनअनुसार बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनामा आवश्यक परिमार्जन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here