पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा एकता दिवसका अवसरमा ‘पृथ्वी पथ’ अवलम्बन गर्न आह्वान

0
40

 

२६ पुष,काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालद्वारा पृथ्वी नारायण शाहको ३०४औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजधानीको डिल्लीबजारस्थित भोजन गृहमा विशेष कार्यक्रम सम्पन्न भएको छ। देशको राष्ट्रिय स्वाधीनता, एकता र आत्मसम्मानको ऐतिहासिक महत्वमाथि केन्द्रित उक्त कार्यक्रममा सहभागी वक्ताहरूले पृथ्वी नारायण शाहले देखाएको ‘पृथ्वी पथ’लाई आजको सन्दर्भमा व्यवहारमा उतार्न सके मुलुकले छिट्टै काँचुली फेर्न सक्ने धारणा व्यक्त गरे।

कार्यक्रममा पूर्वमन्त्री तथा वरिष्ठ राजनीतिज्ञ विपिन कोइराला र राजपरिषद् सदस्य डा. रत्नकमल बैद्य विशेष अतिथिका रूपमा सहभागी थिए भने पार्टीका अध्यक्ष डा. तारानाथ लुईटेल प्रमुख अतिथि रहेका थिए। सहअध्यक्ष विष्णु भट्टराईसहित पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता तथा समाजका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

वक्ताहरूले पृथ्वी नारायण शाहको राष्ट्र निर्माणको दर्शन, स्वदेशी नीति, आत्मनिर्भर अर्थतन्त्र र विदेशी हस्तक्षेपविरुद्धको स्पष्ट दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए। उनीहरूले ‘दिव्य उपदेश’मा समेटिएका विचारहरूलाई केवल इतिहासका पानामा सीमित नराखी व्यवहारिक राजनीतिक मार्गदर्शनका रूपमा ग्रहण गर्नुपर्नेमा जोड दिए। पृथ्वी पथको अवलम्बनमार्फत राष्ट्रिय एकता मजबुत बनाउँदै विदेशी शक्तिको प्रभाव र चंगुलबाट देशलाई जोगाउन सकिने उनीहरूको निष्कर्ष थियो।

 

प्रमुख अतिथि डा. तारानाथ लुईटेलले पृथ्वी नारायण शाह नेपाली राज्यका संस्थापक मात्र नभई दूरदर्शी राजनेता भएको उल्लेख गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर राजनीति गर्ने संस्कार विकास गर्नु आजको आवश्यकता भएको बताए। उनले राजनीतिक अस्थिरता, वैदेशिक निर्भरता र मूल्य–मान्यतामा आएको क्षयलाई सच्याउन पृथ्वी पथ मार्गदर्शक बन्न सक्ने धारणा राखे।

विशेष अतिथि विपिन कोइरालाले राष्ट्रिय स्वाधीनता र आत्मसम्मान जोगाउन सबै राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए। डा. रत्नकमल बैद्यले पृथ्वी नारायण शाहको एकीकरण अभियानले नेपाललाई पहिचान दिएको स्मरण गर्दै आजको पुस्ताले त्यसको मर्म बुझ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न वक्ताहरूले आ–आफ्ना धारणा राख्दै राष्ट्रियता, एकता र स्वाधीनताका सवालमा गम्भीर बहस र आत्ममूल्यांकन आवश्यक भएको बताए। अन्त्यमा अध्यक्ष डा. लुईटेलले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथि, वक्ता तथा पार्टीका विभिन्न पंक्तिका साथीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दै यस्ता वैचारिक कार्यक्रमहरूले देश र समाजलाई सही दिशातर्फ डोर्याउने विश्वास व्यक्त गरे।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here