🎄 Holiday Season Special
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
१७ पुष,काठमाडौं । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक आज पनि बस्ने भएको छ ।समितिको १४७ औं बैठक बिहीबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संसद भवनमा बस्ने भएको हो ।
बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल र विविध अन्य विषयहरूमा छलफल हुने समिति सचिवालयले जानकारी दिएको छ । समितिका सबै सदस्यहरू तथा सम्बन्धित सरोकारवालाहरूको उपस्थितिको लागि अनुरोध गरिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.