🎄 Holiday Season Special
तोलामा १४ सय रुपैयाँले सुनको मूल्य घट्यो
१७ पुष, काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन दुई लाख ६१ हजारमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला चार हजार ४१५ रुपैयाँमा झरेको छ । अघिल्लो दिन चार हजार ४७० रुपैयाँ थियो । यो तोलामा ५५ रुपैयाँले घटेको हो ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.