🎄 Holiday Season Special
राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच एकीकरण
१४ पुष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी बीच एकीकरण भएको छ । सोमबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई साक्षी राखेर रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
हस्ताक्षर गर्नुअघि बालेन, रवि र कुलमानबीच छलफल भएको थियो। कमलपोखरीस्थित रास्वपाका नेता असिम शाहको कार्यालयमा भएको वार्तापछि सात बुँदे सहमति भएको हो।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

