राप्रपाबाट झापा– ५ मा गोपाल पौड्यालको नाम सिफारिस
आगामी २१ फागुना हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापा– ५ मा राप्रपाले प्रत्यक्षतर्फ युवा नेता गोपाल पौड्यालको नाम सिफारिस गरेको छ । राप्रपाका केन्द्रीय सदस्य पौड्यालले यसअघि स्थानीय तह निर्वाचनमा गौरादह नगरपालिकामा राप्रपाबाट मेयरमा प्रतिस्पर्धा गरेका थिए । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली चुनाव लड्दै आएको उक्त क्षेत्र एमालेको गढका रूपमा चिनिन्छ ।
०४८ देखि त्यस क्षेत्रबाट चुनाव लड्दै आएका ओली ०६४ को पहिलो संविधानसभा निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देनसँग पराजित भएका थिए । त्यसबाहेक अरू सबै संसदीय निर्वाचनमा ओली विजयी हुँदै आएका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

