काठमाडौँको लाजिम्पाटमा नियो स्टोरको उद्घाटन सम्पन्न

0
48

 

काठमाडौं । नियोटेरिक नेपाल स्टोरले आइतबार काठमाडौँको लाजिम्पाटमा आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो र प्रिमियम आउटलेटको औपचारिक रूपमा संचालनमा ल्याएको छ । नियो स्टोरको यो उद्घाटनले नेपालमा विकसित हुँदै गएको प्रविधिको खुद्रा बजारमा एउटा महत्वपूर्ण उपलब्धिलाई जनाउँने कम्पनीको विश्वास रहेको छ ।

लाजिम्पाटस्थित यो नयाँ नियो स्टोरलाई प्रविधिको खुद्रा बिक्रीलाई अनुभव–केन्द्रित बनाउने उद्देश्यले डिजाइन गरिएको छ । फराकिलो संरचना, आधुनिक इन्टेरियर डिजाइन र सफा तथा प्रिमियम सौन्दर्यसहितको यो स्टोरले परम्परागत बिक्री प्रणालीभन्दा अगाडि बढ्दै ग्राहकलाई सहज वातावरणमा प्रविधि अवलोकन र प्रयोग गर्न सक्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।

यस आउटलेटको प्रमुख विशेषतामध्ये एक भनेको गेमिङ र डिजिटल मनोरञ्जनमा दिइएको विशेष ध्यान दिइनु हो । स्टोरमा नवीनतम कन्सोलसहितका इन्टरएक्टिभ गेमिङ स्टेशनहरू राखिएका छन् भने ठूलो स्क्रिन हेर्ने सुविधा र प्रत्यक्ष गेमिङ अनुभवका लागि छुट्टै मनोरञ्जन क्षेत्र पनि छ । आगन्तुकहरूले लाइभ डेमो, कन्सोल–आधारित गतिविधि तथा वाक–इन गेमिङ अनुभव लिन सक्छन्, जुन अवधारणा नेपालको खुद्रा क्षेत्रमा अझै नयाँ मानिन्छ ।

कम्पनीका अनुसार यो स्टोर गेमर, कन्टेन्ट क्रिएटर र प्रविधि प्रेमीलाई ध्यानमा राखेर डिजाइन गरिएको हो, जहाँ प्रविधि किन्ने मात्र होइन, प्रत्यक्ष अनुभव गर्न सकिन्छ ।

भव्य उद्घाटनको अवसरमा नियो स्टोरले ASUS, Logitech, Belkin, Fantech, Baseus, HiFuture, Black Shark, Imperion, Miccell लगायतका अन्तर्राष्ट्रिय तथा नेपाली प्रविधि ब्रान्डहरूसँग सहकार्य गर्दै सीमित अवधिका अफर र उपहारहरू सार्वजनिक गरेको थियो । उद्घाटन दिन विशेष छुट, बन्डल प्रोडक्ट र छानिएका उत्पादन वर्ग—विशेषगरी ल्यापटप, डेस्कटप र एक्सेसोरीहरूमा—प्रारम्भिक ग्राहकका लागि निःशुल्क सामग्री प्रदान गरिएको थियो । कम्पनीका अनुसार केही अफरहरू उद्घाटनपछि पनि सीमित समयसम्म जारी रहनेछन् ।

कार्यक्रमका क्रममा नियो स्टोरले आफ्नो आगामी इन–हाउस ब्रान्ड ‘neOne’ को झलक पनि प्रस्तुत गरेको थियो, जुन हाल विकासको चरणमा छ । यो ब्रान्डअन्तर्गत तीनवटा इयरबड र एउटा हेडफोन गरी चार अडियो उत्पादन छिट्टै नियो स्टोरका आउटलेट तथा अनलाइन प्लेटफर्ममार्फत उपलब्ध हुने अपेक्षा गरिएको छ । प्रारम्भिक चरणमा आकर्षक मूल्य निर्धारण गरिने कम्पनीले जनाएको छ।लाजिम्पाट आउटलेटसँगै नियो स्टोरले देशमा प्रविधि कसरी प्रस्तुत, पहुँचयोग्य र अनुभव गरिन्छ भन्ने परिभाषा बदल्ने लक्ष्यसहित अगाडि बढेको जनाएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here