नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

0
5

 

४ पुष, काठमाडौँ। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ। बैठक आज दिउँसो १ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बस्नेछ।

हालै सम्पन्न पार्टीको महाधिवेशनबाट केपी शर्मा ओलीको अध्यक्षतामा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन भएको हो।  नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बिहीबार नै शपथ ग्रहण गरिसकेका छन्।

आजको पहिलो बैठकले पार्टीको आगामी कार्ययोजना तय गर्ने, पोलिटब्युरो र स्थायी कमिटी गठन गर्ने लगायत महत्वपूर्ण सांगठनिक विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ। पार्टी नेतृत्वका अनुसार बैठकले संगठन सुदृढीकरण र आगामी राजनीतिक रणनीतिबारे स्पष्ट दिशा तय गर्नेछ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here