पहिलो बैठकलाई सम्बोधन गर्दै नेता कार्यकर्तालाई ओलीको कडा निर्देशन
४ पुष,काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका साथ नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
शुक्रबार नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र देखिने साना समस्याहरू आगामी दिनमा दोहोरिन नदिने दृढता व्यक्त गर्नुभयो। उहाँले सबै नेताहरूलाई विधान महाधिवेशनले तय गरेका वैचारिक, संगठनात्मक र कार्यक्रमिक नीतिअनुसार एक स्वर र एक तालमा अघि बढ्न निर्देशन दिनुभयो।
आर्मीले मार्च गरेजस्तै पार्टीका सबै सदस्य अनुशासित र एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो। साथै अध्यक्ष ओलीले टोल–टोलमा सुरक्षा समिति गठन गरी आम जनताको सुरक्षामा सक्रिय हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.