जाडोमा जेष्ठ नागरिकहरूलाई कसरी जोगाउने ?
–डा.लछी सिंह
हिजोआज नेपालमा दिन प्रति दिन जाडोको तामक्रम बढ्दै गइरहेको छ । हाम्रो देशमा ७ प्रतिशतले भन्दाबढी संख्याले ओगटेको जेष्ठ नागरिकहरू जाडोमा कसरी जोगाउने भन्ने समस्या धेरै जसो घर पिरवारलाई लागेको छ होला । तर मलाई पनि सबै भन्दा बढी चिन्ता सडकमा आश्रित भएका जेष्ठ नागरिकहरूको लागेको छ । साथै दीर्घकाली रोगले पीडित भएका जेष्ठ नागरिहरूको हालत के होला ? हामी आफैले सोचने कुरा हो । म त समाजशास्त्री भएको नाताले हरसमय समाजमा के भैइ रहेको छ भनि समाजको बारेमा सबैलाइ जानकारी गर्दै आउने छु । आफूले सकेको सहयोग जेष्ठ नागरिकहरूलाई गर्नुहोला भने सबैलार्इ अनुरोध पनि गर्दै जानेछु ।
जेष्ठ नागरिकहरूको जाडोमा हुने प्रमुख समस्याहरु बारे तल उल्लेखित बुँदामा जानकारी गर्नेछु । जाडोमा हुने संक्रमणहरु वा फ्लू यस प्रकार उल्लेख गरिएका छन् । ज्वरो आउनु, टाउ को दुख्नु, जिउ र मासपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाकबन्द हुनु वा सिंगान बग्नु, थकान महसुस हुनु, आदि समान्य हुन।
जाडोमा जेष्ठ नागरिकका प्रमुख समस्याहरु:
- निमोनियाः
जाडो मौसममा जेष्ठ नागरिकहरूमा देखिने बढी समस्याहरू मध्यको रोग निमोनिया एक हो । जेष्ठ नारिकहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम भएकाले छिटो यो रोगले समात्ने भएकोले जेष्ठ नागरिकहरूलाइ बढी पीडित बनाउने कार्य गर्दछ।
- दमः
दम दीर्घ रोगको रूपमा दिखएको छ । जाडो समयमा यो रोगका बिरामी सबै भन्दा बढी पाइन्छन । यस रोगले फोक्सोमा सक्रमण गर्ने भएकाले श्वासप्रश्वास नली सम्बन्धी समस्या बढ्ने गर्दछ। हामी सबैले त्यसको रोगको उपचार ठीक समयमा गर्नु पर्दछ र जेष्ठ नागिरहरूलार्इ वशेष कियर गर्नु पर्ने हुन्छ।
- उच्च रक्तचापः
जाडोमा मौसममा जेष्ठ नागिरहरूको उच्च रक्तचाप बढ्ने गर्दछ । त्यसको मुख्य कारण हो जाडो मौसम । यस मौसममा पानी पिउने काम कम हुने गर्दछ । त्यस कारणाले रगत बाक्लो भएर जाने भएकाले रक्ताचाप बढ्ने कार्य हुन्छ । यसले गर्दा दीर्घरोग बढ्नुका साथै हृदयघात र मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ । त्यसैले हामीले जेष्ठ नागिरहरूको वशेष कियर गर्नु पर्ने हुन्छ।
- जोर्नी दुख्ने समस्याः
जाडो मौसममा जोर्नी दुख्ने समस्या बढी हुने भएकाले जोर्नी सुन्निने र दुख्ने कार्य बढी हुने गर्दछ । त्यसैले हामीले जेष्ठ नागरिकहरूलाई विशेष ध्यानदिनु पर्ने हुन्छ ।
- कठ्यांग्रिनेः
जेष्ठ नागरिकहरु चिसोका कारणले दीर्घरोग बढ्ने हुन्छ । धुवाँ, धुलोकाकणहरु बढ्ने भएकोले रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले चिसोमा विशेष ध्यान दिई उपचार समयमा गरानउन पर्ने हुन्छ । हामीले समयमा स्वास्थ्य सेवामा उपचार गराउन पर्ने हुन्छ ।
मेरो छोटो अनुसन्धानले माथि उल्लेखित समस्याहरु काठमाडौं उपत्यकाका सडकहरूमा आीश्रत जेष्ठ नागरिकहरुमा देखिएको समस्याहरु तथ्याकमा आएको ले मैले सबैलाई यसैबाट लेखबाट सबैमा अनुरोध गरेको छु साथै नेपाल सरकारले सडक आश्रित जेष्ठ नागरिकहरूलाई विशेष सहयोग गर्नु पर्दछ । म पनि सडक आश्रित मानवमुक्त अभियान नेपाल (सम्मान) भन्ने संस्थासँग सानो साइनोमा जोडिएको छु । मैले सक्ने भए सडक आश्रित जेष्ठ नागरिकहरुलाई चाहिएको सहयोग समयमा दिने व्यवस्था मिलाउने थिए । तर म स्थानीय सरकारलाई यसै लेखबाट चाहिएको सहयोग अनुरोध पनि गर्दछु ।
सकेसम्म महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाहरुले काठमाणडौ उपत्यका सबै निकायले सडक आश्रित जेष्ठ नागरिकहरुलाई केही बजेट पारित गरि यस जाडोमा सडक आश्रित जेष्ठ नागरिकहरुलाई चाहेको राहतको रुपमा सहयोग भयो भने असली समाजवाद तथा सुशासनको स्थापना स्थानीय स्तरमा भएको दिखने छ । स्थानीय सरकारले चोहमा मैले पनि त्यस्तो कार्यमा सहभागी हुने इच्छा राखेको छु । मेरो अर्को लेख अर्को डायरीको पानाबाट आउने विश्वासका साथ आज मेरो कलम यही रोक्दछु । धन्यवाद । (लेखक डा. लछी सिंह, हार्टक्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन्)
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.