
३२ बर्ष सम्म हामीले के पायौं ? ३२ बर्षमा देशै स्वहा !
बिष्णु प्रसाद शर्मा,
नेपालको इतिहासमा बीर गोर्खालीको नामले सगरमाथाको उचाई मापन गरेको थियो । भँुइलाई छाडेर सिधै आकाशको शिखर चढ्ने भावना बोकेका बेइमान हलिहरुको पछि लागियो भने बर्तमानको कुरै छाडौं भबिश्यको पुस्तासमेत नासिन्छ । दुभालिएर चरित्रको सिकार ३ करोड भन्दा बढी जनसंख्याको नेपाल हो । जनता प्रति जिम्मेवारी देश प्रति उत्तरदायि र इमान नहँुदा होण्डुरसको जस्तो जेनोसाइको खतराबाट समेत मुक्त छैन नेपाल । दुर्घटना जुन बेला पनि हुन सक्ने अबस्था छ ।
दमाहा जति ठूलो स्वरले बज्छ, भित्र खोक्रो धेरै छ भनेर पनि बुझनु पर्दछ । ०४६ देखि ०७८ सम्मको ३२ बर्षमा देश स्वाहा बनाउने ठूलो स्वरले दमाहा ठोक्ने दलिय चरित्र नै हो । यो चरित्रको भित्र सबै खोक्रो छ भनेर मित्रराष्ट्रहरुले बुझने मौका पाए यो मौका दिने दलका भरिया नै हुन । ३२ बर्ष सम्म हामीले के पायौं ? राजा हँुदा नेपालले के बोल्दछ भनेर सुन्नेहरु आज नेपाललाई के गराउने भनेर खेल्नेहरुको लामै लर्को लागेको छ । बुद्धि, राज्य, ऐश्यर्य सबै हिन्दु अधिराज्य संग थियो र नै पहिलो प्रहार यही नेर गरियो । नेपाली जनताले पछीबाट मात्रै बुझे ।
नेपालको आजको शासन पद्धतिको नयाँ तस्वीर हो यो । लोकतन्त्रको घुम्टो भित्र बिनासकारी सुनामी, हुण्डी छ भनेर हेर्न सक्ने क्षमता कसै संग भएन । दुभालिएर दमाहा थिए, खूव बजे र हाइटीको सत्तामा पुग्न सफल भए । सत्ता लिप्साले हजारौ हजार लाई यातना दिए । गोलीको सिकार बनाए । उनको पतन भयो । दमाहाहरु खुबै ठूलो स्वरमा बज्छन् र प्वाल पर्दछन ।
लोकतन्त्रमा सबै पक्ष रमाए । उनीहरुले गरेका कामको निकै प्रशंसाहरु पनि झोलेहरुवाट नभएको होइन । हनुमानले मैनाक पर्वत नै उचालेर ल्याएर सञ्जिवनी के के खाने हुन टुङ्खो छैन । नयाँ दलियताको नेताले नेपालको त्यो भूमि फिर्ता गराउने हुँकार लिएर फुइकी लगाउँदै प्रबेश गर्दछ । जव युरो र डलरको स्वादले चुपचाप थन्किन्छ भने नेपाली युवाहरु खाडीको बालुवालाई पसिनाले सिन्चिरहेका छन । ३२ बर्षमा देश स्वहा । राणाहरुको शासन काल १०४ बर्ष चल्यो तर देशले सम्मान पाएको थियो । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुन ।