
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न सकेनः महन्थ ठाकुर
काठमाडौं १७ जेठ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको बताएका छन् ।
अध्यक्ष ठाकुरले मंगलवार एक विज्ञप्ति गर्दै यस्तो बताएका हुन । उनले विज्ञप्तिमा भनेका छन्, ‘भविष्यको निर्वाचनको समयमा हुनसक्ने अलोकतान्त्रिक गतिविधि, धाँधली र शक्तिको दुरुपयोग विरुद्ध आम मतदाता, लोसपा पार्टी पक्ति, विशेष गरी निर्वाचन आयोग र सुरक्षा निकायहरुको थप सचेत र सजग रहन पार्टी सम्बद्ध सबैसँग आग्रह गर्दछ ।’
उनले सम्पन्न स्थानीय तहको निर्वाचनमा सरकारले निष्पक्षता कायम गर्न नसकेको ठहर गर्दै विभिन्न स्थानहरुमा सत्ता गठबन्धनका घटक दलहरुले धाँधली र राज्य शक्तिको दुरुपयोग गरेको दावी गरे ।