![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![हरिबोधनी एकादशी को महिमा - पण्डित रामबाबु लुइँटेल image 1 AMERICA KHABAR November 13, 2024](https://americakhabar.com/wp-content/uploads/2024/11/image-1.png)
हरिबोधनी एकादशी को महिमा – पण्डित रामबाबु लुइँटेल
पण्डित रामबाबु लुइँटेल , सान फ्रान्सिस्को क्यालिफोर्निया अमेरिका ।
हरिबोधनी एकादशीको सबैमा शुभकामना । आज कार्तिक शुक्ल एकादशी ।यो एकादशीलाई हरिबोधनी वा हरि जागा हुने एकादशी वा ठूलो एकादशी भनेर पनि चिनिन्छ, यस दिन क्षीर सागरमा सुत्नु भएका भगवान विष्णु जगतको पालना गर्नाको खातिर क्षीर सागरबाट उठेर जागा हुनु हुनाले यस दिनको ठूलो महत्व रहेको छ । आजको दिन चार महिना अघी रोपेर दैनिक जल चढाएर पूजा गरेको पवित्र तुससीलाई धजा पताका रंगीबिरंगी फूलमालाका साथ सिंगारेर पीपल वा शालीग्राम संग विवाह गरेर बिभिन्न प्रसादहरू चढाएर धुप बत्ती आरती र अर्घ दिई पूजा गरिन्छ र भगवान विष्णुको पूजा ध्यान ,जप र भजन किर्तनका साथ रातभर जाग्रामका वसी ब्रत उपवास गर्ने गरिन्छ, वर्ष दिनभर अरू एकादशी ब्रत गर्न नसकेता पनि यो ठूलो एकादशी ब्रत गर्नाले सम्पूर्ण एकादशीको ब्रत गरेको फल मिल्ने र आफूले नसोचेको फल मिल्ने कुरा नारदजीको प्रशनको उत्तरमा ब्रम्हाजीले बताउंनु भएको कुरा स्कन्द पुराणमा उल्लेख गरिएको छ ।