
स्थानीय तह निर्वाचन वैशाख ३० मै हुन्छः प्रचण्ड
काठमाडौं २३ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् । उनले वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए । यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको उनको भनाइ छ ।
यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए । प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ । प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।