
स्थानीय तहको निर्वाचन र नेतृत्व छनोट
भक्त बहादुर केसी,
स्थानीय निर्वाचन २०७९ को तयारी भइरहेका बेला देशका नागरिकको हैसियतले भोट हाल्ने र नेता छनोट गर्ने अवसर पाउनु हाम्रो आधारभूत अधिकार हो । स्थानीय चुनाबमा हामीले देशको ठूलो हितको लागि नेतृत्व छनोट गर्ने मौका पाइरहेका छौं। यो चुनावमा धेरै युवाहरुले पहिलो पटक भोट दिने छन् । तसर्थ, कतिले पहिलो पटक मतदाता सूचीको लागि आवेदन दिनुभएको हुन सक्छ। मतदाता परिचयपत्र बिना, तपाईंले ब्याटमा आफ्नो मत दिने मौका पाउनु हुने छैन।
स्थानीय तहमा गाउँपालिका, नगरपालिका र जिल्ला सभा हुन्छन् । यो स्थानीय निर्वाचन २०७९ मा हामीले यी स्थानीय तहका लागि नेता छनोट गर्ने मौका पाउनेछौँ । नेपालको संविधान अनुसार स्थानीय तहलाई ७७ जिल्ला र ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तहमा विभाजन गरिएको छ।स्थानीय निर्वाचन उम्मेदवारी दर्ताको मिति अप्रिल २४ र २५ गते तोकिएको थियो । ठूला दलका उम्मेदवारहरु बाजागाजासहित दलको पक्षमा नारा लगाएर निर्वाचन कार्यालयमा जाँदा पनि निर्वाचन कार्यालय भने मौन थियो । आचारसंहिताको धज्जी उडाउँदै गाडी र मोटरसाइकलको लावालस्कर लगाएर मनोनयन दर्ता गर्न गएका थिए । उनीहरुले प्रत्येक गाडी तथा मोटरसाइकलमा झण्डा राखेका र होहल्ला गरेका थिए ।
नागरिकहरूले आफ्नो विचारधारा, लक्ष्य र दृष्टिकोणसँग मिल्दोजुल्दो उम्मेदवारलाई मतदान गरेर जिताउने छन् । निर्वाचन प्रणाली प्रत्येक स्थानीय तहमा एकजना अध्यक्ष,मेयर र एक उपमेयर छन्। स्थानीयतहहरूलाई थप वडाहरूमा विभाजन गरिएको छ जसमा एक वडा अध्यक्ष र ४ जना सदस्यहरू छन् जसमध्ये २ जना महिला र १ दलित समुदायको हुनुपर्छ। मेयर र उपमेयर सम्पूर्ण स्थानीय तहका मतदाताले छनोट गर्छन् भने वडा अध्यक्ष र वडा सदस्य सम्बन्धित वडाका मतदाताले छान्छन्। भोटिङका लागि एउटै मतपत्र प्रयोग गरिन्छ र विजेता छान्नको लागि पहिलो विगतको निर्वाचन प्रणाली प्रयोग गरिन्छ।
सामान्यतया गठबन्धन तीन अवस्थामा गरिन्छ । पहिलो, सरकारमा हुँदा बहुमत सुनिश्चित गर्न । दोस्रो, विपक्षमा हुँदा सरकारको विकल्पमा विश्वसनीय विकल्प दिन । र तेस्रो, चुनावका बेला मत एकत्रित गर्न र परिणामलाई जतिसक्दो आफ्नो पक्षमा पार्न । त्यसका अलावा कुनै राजनीतिक मागका लागि आन्दोलन गर्नसमेत गठबन्धन भएको इतिहास हाम्रा सामु छ । तर नेपालमा सरकारमा गए पछी झैँ झगडा गर्दै समय सकाउने , स्थानीय चुनाव सम्म पुग्दा पनि मार पिट र किन बेच सम्म देखियो लोभी पापी मन बिचार पछिल्लो समय नेपालमा घटेका विभिन्न घटना क्रमले नेपालको राजनीति फोहोर बन्दै गई रहेको छ । राजनीति आफैँमा फोहोरी खेल होइन, तर नेपाल का राजनीतिज्ञले गर्दा नेपालको राजनीति स्वच्छ ढङ्गले चल्न सकेको छैन । पद र पैसाको निम्ति राजनीति गरेपछि देशमा कसरी भ्रष्टाचार, अनियमितता र घूस खोरी अन्त्य हुन्छ ? पद, पैसा र भागबन्डाको राजनीतिले सुखी नेपाली र समृद्ध नेपाल हुने छैन । नेपाल सुशासन पार्टीले समृद्ध नेपाल बनाउनुपर्छ, समृद्ध नेपाल भएपछि नेपाली सुखी हुन्छन् । नेपाल सुशासन पार्टीले देशको बिभिन्न ठाउँमा मेयर उप मेयर वार्ड सदस्यहरुले चुनाबमा भाग लिएका छन । देशमा कुशासन , भ्रस्ट नेताहरुको सहभागिता, बिरुद्द र कानूनको शासन, पारदर्शिता, उत्तरदायित्व, सहमति उन्मुख, समानता र समावेशीता, प्रभावकारिता र दक्षता र जवाफदेहिताका को लागी सुशासनको मापन गर्न को लागि सर्वोत्तम सेवाको हितमा काम गर्न मद्दत गर्न विशेष रूपमा, नेपाल सुशासन पार्टीले देशको बेथिति सुधार गर्न सक्छ भन्ने मन्नेता बोकेर थप स्थिर र उत्पादकमुलक बन्न मद्दत गर्ने छ , र नयाँ अवसरहरू उपभोग गर्न सकिने छ । भन्ने मान्यता बोकेर चुनाब सहभागी भएको छ । कुशासन , भोगी सकेका बुजी सकेका जनताले मासु भात , पैसा र पेट्रोलमा अब कदाबी आफ्नो बहुमुल्य मत दिने छैनन । भक्त बहादुर केसी, नेपाल सुशासन पार्टीको केन्द्रीय कोषाध्यक्ष हुनुहुन्छ ।