
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं ।
नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा ४ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजावी सुनको मूल्य ९७ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
त्यसैगरी सोमबार चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
source:News of Nepal