
सुनको मूल्य घट्यो
२ वैशाख, काठमाडौं । स्थानीय बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँ तोकिएको छ।
यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता सुनको मूल्यमा उतार चढाव भइरहेको छ।