
सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो
काठमाडौँ।
नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन बुधबार तोलामा एक सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ कायम भएको छ ।
यस्तै तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
source:News of Nepal