![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो
काठमाण्डौ १असार । सुनको भाउ आज पनि घटेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेर ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलामा ९७ हजार १ सय रुपैयाँ थियो । हिजो पनि सुनको भाउ एकैदिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको थियो ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै आज पनि तोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।