![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
सुत्केरीको हेलिकप्टरबाट उद्वार
मुगु ।
जिल्ला अस्पतालमा सुत्केरी हुन नसकेपछि एकजना गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। सुत्केरी बेथा लागेर अस्पतालमा ल्याइएकी छाँयानाथ रारा नगरपालिका– १० की १९ वर्षीया भृकुटी सावतलाई नेपाली सेनाको हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो।
बिहान ७ बजे अस्पताल पुगाइएकी उनलाई इक्लाम्सिया र बच्चाको टाउको ठूलो भएकोलगायतका जटिलता देखिएपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भएकोले उनलाई प्रदेश अस्पतालमा पठाउनुपरेको जिल्ला अस्पताल मुगुका प्रमुख उमेश गौतमले बताए।
source:News of Nepal