
सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित, देउवानिकट उम्मेदवार विजयी
काठमाण्डौं, २२ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सर्लाहीबाट प्रतिनिधि छनोट गर्न भएको चुनावमा चर्चित नेता अमरेशकुमार सिंह पराजित भएका छन् ।
महाधिवेशन प्रतिनिधि छनोटका लागि मंगलबार सर्लाही–४ मा भएको मतदानमा उनी २४८ मतले पराजित भएका हुन् ।
कांग्रेसभित्र सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट मानिन्छन् । त्यहाँ उनी पक्षका अन्य नेता–कार्यकर्ताले पनि क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सर्लाही–४ मा सभापति शेरबहादुर देउवानिकट उम्मेदवार विजयी भएका छन् ।