सामाजिक सुरक्षा कोषको आठौँ वार्षिक उत्सव सम्पन्न
११ मंसिर, काठमाडौँ । सामाजिक सुरक्षा कोषले आफ्नो आठौँ वार्षिक उत्सवका अवसरमा जम्मा १ खर्ब २६ अर्ब रुपैयाँ विभिन्न सुरक्षित क्षेत्रमा लगानी भएको जानकारी दिएको छ। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार योगदानकर्ताबाट संकलित ९५ अर्बसहितको रकम मुद्दति खाता, ट्रेजरी बिल, विकास ऋणपत्र, डिबेञ्चर र म्युटुअल फन्डमार्फत परिचालन गरिएको छ।
कोषले हालसम्म २० हजार योगदानकर्तालाई ७ अर्ब ७९ करोड रुपैयाँ सापटी उपलब्ध गराएको छ। विशेष सापटीमा वार्षिक ५ दशमलव २ प्रतिशत र घर तथा शैक्षिक सापटीमा ५ दशमलव ८६ प्रतिशत ब्याजदर लागू भइरहेको अधिकारीले बताए।
उनका अनुसार बैंकिङ क्षेत्रमा तरलता बढेकाले लगानीको प्रभावकारिता अल्पकालीन चुनौती बनेको छ। कोषले वर्षमा १ खर्ब संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ। श्रमिक आवद्धता बढाउन ११४ स्थानीय तहसँग एमओयू भइसकेको र केही पालिकाले योगदान रकम जम्मा गर्न सुरु गरिसकेको कोषले जनाएको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.