![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
साना किसान लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी
काठमाडौ २असार । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले केन्द्रीय कार्यालय सहित विभिन्न जिल्लामा रहेको शाखा कार्यालयको लागि कर्मचारी आवश्यक भएको जानकारी दिएको हो ।
कम्पनीले केन्द्रीय कार्यालयको लागि प्रवन्ध अधिकृत २ जना, वरिष्ठ अधिकृत २ जना, वरिष्ठ सहायक (सूचना प्रविधि) १ जना र इलाका कार्यालयको लागि सहायक द्वितीय तह(४ पदका लागि ५ जना कर्मचारी मागेको हो ।
कम्पनीले आज अर्थात् असार २ गतेदेखि ३० गतेसम्म र सो पछि दोब्बर दस्तुर तिरी साउन ६ गतेसम्मको अवधिभित्र दरखास्त आह्वान गरेको हो ।
ईच्छुक उम्मेदवारले jobs.skbbl.com.np/rec बाट अनलाइन आवेदन दिन पर्ने कम्पनीले बताएको छ ।