सरोकारवाला भन्छन् – वैशाखमा नयाँ शैक्षिक सत्र असम्भव

 

काठमाडौं ४ फागुन । सरकारले नयाँ शैक्षिक सत्र वैशाखमै सुरु गर्ने बताइरहेको बेलामा सरोकारवालाहरूले भने वैशाखमा सम्भव नभएको बताएका छन्। उनीहरूले वैशाखमा परीक्षा सकेर जेठबाट कक्षा सुरु गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघका अध्यक्ष शुप्रभात भण्डारीले करिब १ सय २० दिन मात्रै पढाइ गरेर परीक्षा लिँदा पढाइमा गुणस्तर आउन नसक्ने भन्दै चैत महिनाभरि पढाएर वैशाखमा परीक्षा लिने र जेठमा मात्र नयाँ शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए। उनले भने( ुफागुनदेखि शैक्षिक सत्र सुरु भएका कर्णालीमा त अहिलेसम्म दोस्रो त्रैमासिक परीक्षा हुन सकेको छैन भने कसरी वैशाखमै नयाँ शैक्षिक सत्र हुनसक्छ ?

गत वर्षको शैक्षिक सत्र असारमा सुरु भएको जिकिर गर्दै उनले २०८० सालदेखि मात्रै वैशाखमै सुरु गर्नु उपयुक्त हुने धारणा व्यक्त गरे । उनका अनुसार १ सय ८० दिन अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था उल्लङ्घन गर्दै भौतिक रूपमा करिब ९० दिन मात्रै पढाइ भएको अवस्थामा परीक्षा लिनु कानुनी अपराध ठहरिन्छ। उनले विद्यालय खुलिसकेको अवस्थामा चेतसम्म पढाइ गर्ने र वैशाखमा परीक्षा दिएर भर्नाको तयारी गरी जेठबाट शैक्षिक सत्र सुरु गर्नु उपयुक्त हुने बताए ।

  • Related Posts

    रास्वपाले देशभर प्रदर्शन गर्दै

    ३ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार देशैभर प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा देशैभर प्रदर्शन गर्ने भएको हो । सहकारीको रकम…

    Read more

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    २ कार्तिक, काठमाडौं । गोकर्णमा Presentation of Creative Intelligence नामक १० दिने अन्तर्राष्ट्रिय कला क्याम्प आजबाट सुरु भएको छ। २०० जना सहभागी प्रतिनिधिहरू मध्ये १५० विदेशी र ५० नेपाली विद्यार्थी…

    Read more

    You Missed

    रास्वपाले देशभर प्रदर्शन गर्दै

    • By
    • October 19, 2024
    • 1 views

    गोकर्णमा अन्तर्राष्ट्रिय कला शिविर: सिर्जनशीलता र सहकार्यको विशेष मञ्च

    • By
    • October 18, 2024
    • 9 views

    पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ

    • By
    • October 18, 2024
    • 9 views

    आज र भोलि देशैभर भिटामिन ‘ए’ सँगै जुकाको औषधि खुवाइँदै

    • By
    • October 18, 2024
    • 13 views

    सरकारले बजारमा गहुँको माग बढेसँगै भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गर्ने

    • By
    • October 18, 2024
    • 15 views

    मन्त्रिपरिषद्को बैठक बस्दै

    • By
    • October 18, 2024
    • 13 views