
सरकारका प्रवक्ता कार्की यसो भन्छन्
फाइल तस्बिर
काठमाण्डौं ९ माघ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको समीक्षा जनताले गर्ने बताएका छन् ।
बालुवाटारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले ओलीको कार्यकालमा देशलाई कुन दिशातर्फ अग्रसर गराएका थिए भन्ने कुराको समीक्षा आगामी चुनावमा जनताले गर्ने बताएका हुन् ।
उहाँले आफ्नो कार्यकालमा मुलुकलाई कुन दिशातर्फ अग्रसर गराउनु भएको थियो । त्यसको समीक्षा आगामी निर्वाचनमा जनताले गर्नेछन्,ु उनले भने ।
उनले ओली सरकार असफल भएर नै देउवा सरकार आएको बताए । वर्तमान सरकारले जनतामा आस जगाएको उनले सुनाए । उनले देशलाई दिगो शान्ति, दिगो विकास र समृद्धिको दिशामा अग्रसर बनाउन इमानदारिताका साथ काम गरिरहेको पनि बताए ।
ुउहाँको सरकार असफल भएर नै यो सरकार आएको हो । र, यो सरकारले जनतामा आस जगाएको छ । यो सरकार मुलुकलाई दिगो शान्ति, दिगो विकास र समृद्धिको दिशामा अग्रसर गराउनका निमित्त इमानदारीका साथ आफ्नो प्रयत्न जारी राखेको छ ।ु
उनले संविधानको स्प्रिट अनुसार देउवा नेतृत्वको सरकार गठन भएको बताए । विगतको सरकारले संविधानको स्प्रिटलाई तहसनहस गर्न थालेपछि विषेश परिस्थितिमा यो सरकार बनेको उनको जिकिर छ । उनले वर्तमान सरकारले लोकतन्त्रको मूल्यमान्यता र जनताको आकांक्षा अनुसार अगाडि बढिरहेको दाबी गरे ।