
समाजवादी मोर्चाको बैठक बस्दै
१६ चैत,काठमाडौँ । अहिले केहीबरेमा समाजवादी मोर्चा, नेपालको बैठक बस्दैछ। नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक बस्न लागेको हो। बैठक केहीबेरमा सुरु हुनेछ।
बैठकमा शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा समाजवादी मोर्चाले गरेको सभा, राजावादी समूहले गरेको आगजनी र तोडफोड लगायतका विषयमा छलफल हुने मोर्चाका एक नेताले बताए ।