
सन्धिखर्क ४ को वडा अध्यक्षमा माओवादी केन्द्रको तर्फबाट मान बहादुर सुनारले गराए उम्मेदवारी दर्ता
अर्घाखाँची १३ बैशाख । नेकपा (माओवादी केन्द्र) अर्घाखाँची सन्धिखर्क नगरपालिका ४ को वडा अध्यक्षमा मान बहादुर सुनारले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
यस्तै सदस्यहरुमा उक्त वडामा सदस्य खुलातर्फबाट कृष्ण कुमार श्रेष्ठ र सुनिल नेपाली, सदस्य महिलातर्फबाट कृष्णा बस्नेत र सदस्य दलित तर्फबाट हिमा नेपालीले उम्मेदवारी मनोनयन गरेका छन् ।
वडा अध्यक्ष सहितको प्यानलको यी हुन प्रतिबद्धता
१।असारे विकासको अन्त्य ।
२। गरिब तथा विपन्नको पहिचान गरी राहतको व्यवस्था ।
३। अनुत्पादक क्षेत्रमा लगानीको अन्त्य ।
४। सबै टोलमा एम्बुलेस र दमकल जाने सडकलाई प्राथमिकता ।
५। गरीब तथा विपन्नको लागि उपचार कोषको व्यवस्था ।
६। प्रत्येक घरमा ५००० ली को सिँचाई टंकीको माथिल्लो निकायमा पहल ।
७। व्यवसायिक कृषकलाई प्रोत्साहन ।
८। बाँजो जमिनलाई हरा भरा बनाउन पहल ।
९। घाँसका विरुवा वितरण ।
१०। वडाका प्रशासनीयक खर्चमा मितव्ययीता ।
११। शहरको झल्को दिने गरी मियां गाउँ, दुनीपोखरा, भण्डारी पोखरा नाङ्गेठांटी, माझहटिया र रानीपोखरामा सिटी लाइट ।
१२। गाउँमै बसु बसु जस्तो लाग्ने गरी वडाको विकासमा पहल ।
१३। सबै विद्यालयमा १ देखि ३ सम्म अंग्रेजी माध्मयबाट शिक्षा ।
१४। प्रत्येक सामुदायिक वनसंग समन्वय गरी १ क्षेत्र १००० वृक्षारोपण ।
१५। खानेपानी तथा सिँचाई को लागि लिफटीङको पहल ।
१६। सबै नागरिकलाई समान व्यावहार ।
१७। कृषकले उत्पादन गरेको उपज बिक्री नभएमा वडाले जिम्मा लिने ।