
सत्ता उन्मादले बिवेक शून्य
बिष्णु प्रसाद शर्मा,
देश घर हो, जनता परिवार बकासुर बध शास्त्रले मानवलाई दानव नबन बकासुरको बध किन र कसरी भएको थियो भनेर चेतनावनी मूलक शन्देश दिएको हो । गोहीहरु जल र थल दुवै स्थानमा रहन सक्ने जनावर हो । यो जनावरले मानिस मात्र होइन, जुन सुकै अरु जनावरलाई पनि आफ्नो आहाराका रुपमा ग्रहण गर्दछ । गोहीले आँखाबाट बलिन्द्रधारा आँसु झार्दै खाने कुरा खाने गर्दछ । नखाए भोकै मरिने, खादा माया लाग्ने जस्तो उसको प्रबृतिले बुझाई रहेको पाइन्छ । अग्रगमनको नाराले सत्ता र सडक कब्जा गर्न सफल रहेका बिदेशीका हलिहरुको चरित्र यही प्रमाणित भएको इतिहासले प्रमाणित गरि नै सकेको छ ।
इतिहासमा लेखिएको छ । जसले आफनो मन, अपनत्व गुमायो त्यसलाई लोकतन्त्र नामले गुण्डा पाल्ने, देशलाई तहस नहस बनाउने काम गरिराखेको हुँदा लोकतन्त्र होइन, गुण्डातन्त्र भनिदिएमा अन्यथा नहोला । लोक र लोकतन्त्र वारी र पारिको किनारामा बाढीएको प्रष्ट संग देखिएको छ । एमसीसी मुलुकको र जनताको लागी घातक थियो , छ र घात हुन्छ नै यसमा कसैले सन्देह नगर्दा हुन्छ र भबिश्यले प्रमाणित गरिदिने नै छ ।
समाजवादको ढाडमा टेकेर टाउको मै प्रहार गर्रयो स्वार्थले । एउटा दुहुनो गाई, एक हल गोरु गरिखाने जमिन , औषधिमूलोको ब्यवस्था र सन्तानलाई शिक्षा भयो भने पुग्ने कुरा भारतको हलि बनेर बीपीले अलाप्ने गरेका थिए । तर उनैले स्थापना गरेको दल र शिक्षित भएका हलिहरुले आज नेपाललाई नै पश्चिमाहरुको पोल्टामा हालिदिएका छन । बि. स. २०२८ सालमा जावलाखेलमा क्रिश्चियन स्कूल श्री ५ महेन्द्रको देहावसान पछि खुल्यो ।
२०३६ सालमा जनमत संग्रह भयो । २०४२ सालमा बमकाण्ड गराईयो । कम्युनिष्ट भन्नेहरु र काँग्रेस भन्नेहरुकै मिलेमतोमा नेपाल राष्ट्र बैंकको ढुकुटी बोकेको हवाइ जहाज बिराटनगरवाट अपहरण गरि भारतमा लगेर राष्ट्रको सम्पत्ती लुटियो । यिनै अपराधीहरुको मिले मत्तोमा शान्ति क्षेत्र नेपालमा बमवारी गराउँदै २०४६ सालको राष्ट्रघात गर्ने काम मात्र होइन, २०५२ साल देखि जनहत्याको आतंक बाट त्रसित गराएर दरवार हत्या काण्ड गराए । त्यसपछि मध्येरातमै नेपालको अस्मिता लुटाएर राजसंस्था र हिन्दु अधिराज्य हटाए । त्यस पछि अनगिन्ती रुपले राष्ट्रको सम्पत्ती लुटदै गए ।
देबी देवताका गरगहना भेटीघाटी सबै मिलेमतोमै भागवण्डा गरियो र लोकतन्त्रवादी भएको उपहार जनतालाई दिदै गर्दा बि. स. २७८ साल फगुन १५ गते मध्ये रातमा जनता सुतिराखेको अबस्थामा एमसीसी नामक घातक अमेरिक पासो प्रमाणित गर्ने काम गर्न केही दिन मिलेमत्तोमै आतंक सिर्जना गराएर धेरै घाइते भए भने एकजनाको ज्यान गयो । सत्ता उन्मादले बिवेक शून्य हुँदो रहेछ भनेर आफैले प्रमाणित गरिसकेर नपुगे पछि अब एमसीसी छिटो लागु गर्नु पर्ने भन्दै छन् र देशमा आउँनै लागेको बिपत्त सकिएको धारणाको समाचारहरुले रंगिएको छ । जुन बिपत्तलाई उनीहरु आफैले बाजा बजाएर भित्रयाई सकेका छन । राजालाई नराम्रो ठानेका दलका हलिहरुले अझै बुझेका छैनन् । शर्माः नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुहुन्छ ।