
सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक
४ फागुन, काठमाडौँ । सत्तारुढ दलका प्रमुख सचेतकहरूको बैठक नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको छ । त्यहा प्रतिनिधिसभा र राष्ट्रियसभाका सत्ता पक्षीय प्रमुख सचेतकहरूको बैठक बसेको हो ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे बैठकमा छलफल हुने छ ।