🎄 Holiday Season Special
संयुक्त ऊर्जा लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । संयुक्त ऊर्जा लिमिटेड (SUL) ले आफ्नो तेस्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। आयोजना व्यावसायिक विद्युत उत्पादनमा प्रवेश गरेको महत्वपूर्ण समयमा साधारण सभा सम्पन्न भएको हो।
संयुक्त ऊर्जा लिमिटेड अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोलीको नेतृत्वमा सञ्चालन भइरहेको छ। कम्पनीका अध्यक्ष डा बद्री केसी को नेतृत्वमा ऊर्जा, वित्त तथा पूर्वाधार विकास क्षेत्रको लामो अनुभव रहेको व्यवस्थापनले आयोजनालाई सफलतापूर्वक सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ।ठूलो खोला जलविद्युत आयोजना व्यावसायिक उत्पादनमा प्रवेश गरेसँगै कम्पनीले स्थिर विद्युत उत्पादन सुनिश्चित गर्दै नेपालको स्वच्छ ऊर्जा लक्ष्यमा योगदान पुर्याउने तथा ऊर्जा आयातमा निर्भरता घटाउने उद्देश्य लिएको छ। यसले म्याग्दी जिल्लामा २१.३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.