शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दियो शिक्षकलाई यस्तो निर्देशन

 

 

काठमाडौं ३ फागुन । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन दिएको छ ।

निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै त्यस्ता कार्य विद्यालय समयमा नगर्न निर्देशन दिएका हुन् ।

यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ । स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र ईकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।

हेर्नुस् शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views