![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
शिक्षक सेवा आयोगले परीक्षाको नतिजा वैशाख महिनाभित्रै प्रकाशन गर्ने
काठमाण्डौं ११ बैशाख । शिक्षक सेवा आयोगले परीक्षाको नतिजा यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ । आयोगले गत चैतमा लिएको माध्यमिक, निम्म माध्यमिक र प्राथमिक तहको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको नतिजा यहि वैशाख महिनाभित्रै प्रकाशन गर्ने भएको छ ।
आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले वैशाख महिनाभित्रै नतिजा प्रकाशन गर्ने गरी तयारी थालिएको जानकारी दिएका हुन् । ‘यहि वैशाख महिनाभित्रै सबै तहको नतिजा प्रकाशन गर्नेगरी तीव्र रूपमा काम गरिरहेका छौं,’ मरहठ्ठाले भने ।