

शिक्षकको लागि जागिर खुल्यो
काठमाडौं २५ साउन । महोत्तरीको मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले कर्मचारी माग गरेको छ । कार्यालयले नगर शिक्षक पदमा २३ जना गरी २६ पदमा दरखास्त आह्वान गरेको हो ।
यस्तै, कार्यालयले कृषि अधिकृत पदमा १ जना, पशु चिकित्सक पदमा १ जना र रोजगार सहायक पदमा १ जनाको माग गरेको छ ।
रोजगार सहायक पदका लागि न्यूनतम योग्यता संस्कृत विषयमा स्नातक गरेको वा शास्त्री वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ । यस्तै, रोजगार सहायक पदमा भने प्रवीणता प्रमाणपत्र तह (कक्षा १२) उत्तीर्ण भएकाले आवेदन दिन सक्नेछन्।
योग्यता पुगेका इक्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त कार्यालयमा दरखास्त दिनु हुन अनुरोध गरेको छ ।