![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
शहीद रामवृक्षका भाइ एमालेमा प्रवेश
काठमाडौं चैत २१ । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीना कुमारी यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् ।
माओवादी केन्द्रबाट २०७४ सालको निर्वाचनमा २६१० मत प्राप्त गरी निर्वाचित भएकी यादव सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर एमालेमा प्रवेश गरेकी हुन् ।
सोही कार्यक्रममा माओवादी केन्द्रका नेता तथा शहीद रामवृक्ष यादवका भतिजा विष्णुदेव यादव पनि एमाले प्रवेश गरेका छन् । उनी तत्कालीन संयुक्त जनमोर्चाबाट गाविस अध्यक्ष निर्वाचित भएका थिए ।