
शक्तिशाली राष्ट्रको स्थान भोली अरुले लिन सक्दछ !
बिष्णु प्रसाद शर्मा,
नीति शास्त्रले मानवलाई दानव नहँुन यसो भनेको छ- साम र दामद्धारा प्राप्त बिजय उत्तम, भेदद्धारा प्राप्त हुँने बिजय मध्यम र युद्ध जन्म अपराधद्धारा प्राप्त हुँने बिजय निकृष्ट हुन्छ । पहिलो बिश्वयुद्धले धेरै बिकारहरुको सामना गर्नु पयो । दोस्रो बिश्वयुद्धमा बिश्वले कुनै प्रकारको उपलब्धि दिन सकेन । फेरी रुस र युक्रेनको युद्ध भईराखेको छ र यसले धर्म नीतिको पालना त पक्कै नगर्ला र शिक्षा प्रद शन्देश पनि पक्कै दिने छैन । अमेरिका यो समय सम्म बिश्वको शक्तिशाली राष्ट्र« भएको छ । भोली उसको स्थान अरु कसैले खोसेर नलेला भन्न पनि सकिदैन ।नेपालको राजनीतिक पृष्ठ भूमिलाई गहन अध्ययन गर्दा सबै भन्दा घटिया दलिय राजनीतिलाई परैवाट देखिन्छ । यो ब्यवस्थाले मुलुकको हित गरेन । धेरै धन र जनको क्षति दलियताले गरायो । यो क्षतिले उसको तिर्खा मेटिन सकेन । देश, जनता र स्वाधिनतालाई स्खलित पारिदियो र बिदेशीहरुको हस्तक्षेपलाई वाहुवलले स्वीकार गरिराख्यो । राजनीतिक स्वार्थ भन्दा ठूलो अरु केही नदेख्ने साँइदवाहरुले सत्ता कब्जा गर्दा पुर्खाहरुले रचेको इतिहास नै मेटियो । इतिहासलाई मेटाएर पुर्खालाई बदनाम गराएर राजनीतिको खेतीले कसैको हित गदैंन । ( हे राजन धेरै के भनौं जहाँ भगवान, योगेश्वर हुनु हुनछ, जहाँ गान्डीवधारी अर्जुन छन् त्यहाँ नै श्री, बिजय, बिभूति र अचल नीति छ भन्ने मेरो यस्तो दृढ मत छ ।) श्री बिदुरले धृत राष्टलाई पाण्डवहरुको युद्धमा बताएका हुन । अनुशासित समाजको मित्र हो भने अनुशासन बिहिन दुश्मन हो । नेपालमा अनुशासन बिहिन राजनीतिछ र समाजलाई दुर्गन्धित बनाई राखेको छ । हाम्रो अबस्था के र कति बेला बिपदले झडका दिन्छ भनेर पत्तो छैन । निर्वाचनको खेल चलेको छ । एमसीसी पास भए पछि पश्चिमाहरुले पैसाको खोलो नै बगाएका छन । तर जनताले न्यूनतम सुबिधासम्म पाउन सकेका छैनन् । जही तही महंगीले सेकेको छ ।दलका कार्यकर्ता भने खाने, बस्ने, र ओडने समेत पैसावाटै झरिझुट्ट बनेको अबस्था छ । पत्रकार बोल्दैनन्, न्यायलय उनीहरुकै मतियारहरुवाट ढाकिएको छ । निजामति, जङ्गी र ब्यापारी समेत दलियताकै आडमा मनपरि गरि राखेका छन् । यो अबस्था को फाइदा शक्तिशाली राष्ट्रहरुले उठाई रहेका छन । नेपालमा शाहवंशिय राजाहरुको इतिहास उच्च स्वीकार योग्य र प्रशम्सनिय रहेको छ । नेपाल नरेशका अगाडी बिश्वले ठूलो आदर, सत्कार र ब्यक्तित्वको अगाडी झुकेर नतमस्तक भै हिन्दु सम्राराठको रुपले अग्र पंत्तिमा राखेको इतिहासका साक्षी पनि आम नेपाली जनता नै छन । तर भारतका पूर्व शासक र पश्चिमाहरुले आफ्नो स्वार्थको पूर्ति गराउन राजाहरुवाट नसकेकै कारण राजाहरुको हतया गराउँदै आएका र अन्तत्वगत्वा हिन्दु अधिराज्य र राजसंस्था फाल्न नेपालका केही दलियताका हलिहरु उक्साएर त्यो सफल भयो । जनता यो कुरामा सहमत छैनन् । तर पनि यो गलत हो भनेर जान्दा जान्दै स्वार्थको पछि लागेर राष्ट्र«कै अस्तित्वमा धावा बोल्न कसिएका छन । शर्माः नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनु हुन्छ ।