

वैदेशिक रोजगार व्यवसायी संघको नवनिर्वाचित नेतृत्वलाई एकता समाजको बधाई तथा शुभकामना
३१ चैत, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजले वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ। समितिले अध्यक्ष हरि बहादुर पाण्डेको सभापतित्वमा आइतबार एक औपचारिक समारोहको आयोजना गर्दै संघको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरेको हो। कार्यक्रम नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
संघको यही चैत २९ गते सम्पन्न ३०औं तथा ३१औं साधारणसभा र निर्वाचनबाट भुवन सिंह गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो। आगामी २ वर्षको कार्यकालको लागि ७ पदाधिकारी र १० सदस्यसहित १७ जना व्यवसायी रहेको नयाँ कार्यसमितिमा प्रथम उपाध्यक्षमा सुजित कुमार श्रेष्ठ , द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली , तृतीय उपाध्यक्षमा बैकुण्ठ पौडेल वैभव रहेका छन् ।
त्यसैगरी , महासचिवमा महेशकुमार बस्नेत, सचिव कुन्छा दोर्जे डिमडोङ र कोषाध्यक्षमा धनु सिंजाली रहेका छन् । सदस्यहरुमा रेखा शर्मा , कृष्ण ढकाल, भरत सापकोटा , राज लामा तामाङ , सुवर्ण लामा, हिमा गुरुङ , रमा खड्का , देवीप्रसाद गिरी, विद्यालक्ष्मी , बज्राचार्य र सुमनराज पाण्डे रहेका छन् ।
कार्यक्रममा समितिका अध्यक्ष हरि बहादुर पाण्डेले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत र शुभकामना व्यक्त गर्दै सबै एक हजार व्यवसायीहरुको पक्षमा पुर्वाग्रह रहित ढंगले काम गर्न आग्रह गरेका थिए।