![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा सार्वजनिक 20250127 191014 300x262 bXuHep AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/20250127_191014-300x262-bXuHep.jpeg)
विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपालमा सार्वजनिक
१५ माघ, काठमाडौं । नेपालका लागि चांगान कार तथा दिपल इभीको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर’ एसयुभी दिपल ई०७ नेपाल भित्र्याएको छ । एमएडब्लु वृद्धिले शनिबार दिपल ई०७ ‘शो’ गरेको थियो । कम्पनीले सोमबार (१४ माघ) बौद्धस्थित हायात रिजेन्सी होटेलमा एक भव्य कार्यक्रमबीच यो आकर्षक कारको आधिकारिक रुपमा ‘लन्च’ गरेको छ ।
‘भर्सटाइल’ र ‘स्टाइलिस’ डिजाइन रहेको दिपल ई०७ आधुनिक विशेषताले भरिपूर्ण रहेको कार्यक्रममा जानकारी दिइयो । यसको ग्राउण्ड क्लियरेन्स २०० एमएम रहेको छ । जसले अफरोडमा पनि यो इभी ‘कम्फर्ट’ हुने विश्वास गरिएको छ ।
१९० किलोवाटको ‘रियरह्वील ड्राइभ’ले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पादन गर्ने बताइएको छ । एक पटकको फूल चार्जमा यस इभीले ६४० किलोमिटर रेन्ज दिने बताइएको छ।
शुरूवातमा यसको मूल्य रु. ९९.९९ लाख तय गरिएको कार्यक्रममा जानकारी दिइएको छ।