
वडाध्यक्ष झा जसपा प्रवेश, यादवले गरे भब्य स्वागत
जनकपुरधाम ११ चैत। धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका ४ का वडाध्यक्ष उदय चन्द्र झा जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।
जनकपुरमा आज आयोजित एक समारोहबीच जसपा अध्यक्ष उपेन्द्र यादवले वडाध्यक्ष झालाई अबिर र माला लगाएर पार्टीमा भब्य स्वागत गरे । झा स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।