
लोसपा पनि सरकारमा सहभागी हुने
फाईल तस्विर
काठमाडौं २५ साउन । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सरकारमा सहभागी हुने भएको छ । पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भइरहेकै बेला लोसपा वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा सहभागी हुने संकेत गरेका छन् ।
नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने गृहकार्य गरिरहेकै बेला महतोले यस्तो संकेत गरेका हुन् ।
पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, महतोसहितका शीर्षनेतासँग छलफल गर्दै गठबन्धन र सरकारमा सहभागी हुन प्रस्ताव गरिसकेका छन् ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअघि नै लोसपालाई पाँच दलीय गठबन्धनमा भित्र्याउने तयारी भएको थियो । तर, सो प्रयास असफल भएपछि देउवाले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि नै लोसपालाई भित्र्याएर गठबन्धनलाई अझै बलियो बनाउने प्रयास गरेका छन् ।
जपान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएपछि लोसपालाई गठबन्धनमा भित्र्याउने’दयगत निर्णय हुने कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्दबहादुर कार्कीले जनाएका छन् । लोसपालाई पनि गठबन्धनमा सहभागी गराउने’दयगत छलफल भइरहेको स्वीकार गर्दै उनले ‘छिट्टै लोसपा पनि गठबन्धनमा सहभागी हुने’ बताए ।
उनका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई अझै बलियो बनाएर सहभागी हुने विषयमा लोसपा शीर्षनेतासँग छलफल भइरहेको हो ।
चाँडै टुंगो लाग्छः महतो
यता, लोसपा वरिष्ठ नेता महतोले ‘सरकारमा सहभागी बन्ने वा नबन्ने ? ’ चाँडै टुंगो लाग्ने बताएका छन् ।
संसद्बाहिर मंगलबार सञ्चारकर्मीसँग उनले ‘सरकारमा मन्त्री बन्ने र आगामी निर्वाचनका लागि गठबन्धन गर्ने’दयगत छलफल भइरहेको’समेत स्वीकारेका छन् । ‘छलफल सकारात्मक रहेको र अबका केही दिनमै टुंगो लाग्ने’ बताउँदै उनले ‘जसपासँगसँगै बसेर काम गरिसकेकाले सरकारमा बस्न कुनै कठिनाइ नरहेको’ पनि स्पष्ट पारे ।
‘हामी चुनाव तयारीमा लागिसकेका छौं, गठबन्धनको सवाल पनि उठिरहेको छ । तर, अहिले पाँच दलीय जुन गठबन्धन हो, त्यहाँबाट आमन्त्रण आइरहेको छ । कुरा पनि भइरहेको छ । चाँडै यो विषयमा टुंगोमा पुग्नेछौं,’ लोसपा वरिष्ठ नेता महतोले भने, ‘छैटौं दलका रूपमा गठबन्धनमा जाने हो वा होइन रु चाँडै टुंगोमा पुग्छौं ।’
नागरिकता मुद्दा विषयको सवालमै सरकारलाई सहयोग गर्न लागेको पनि महताले बताए । आफूहरूले उठाउँदै आएको माग पूरा हुँदै जाने हो भने गठबन्धन र सरकारमा सहभागी हुन सकिने उनको कथन छ ।
बालुवाटारमा छलफल
प्रधानमन्त्री देउवा, ठाकुर, महतोबीच गठबन्धन तथा सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदै आएको छ । आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँट तय गर्न गठित कार्यदलको सोमबार बसेको पहिलो बैठकमा समेत यस’दयगत छलफल भएको थियो ।
निष्कर्षमा लोसपा
लोसपाले उठाउँदै आएको नागरिकतासहितका विषयमा सरकारले केही सम्बोधन गरेको र अन्य मागसमेत सम्बोधन गरे सत्तारूढ गठबन्धनभित्र सहभागी हुन सक्ने निष्कर्षमा पुगेको छ ।
लोसपा कार्यकारिणी समिति बैठकमा समेत यस विषयमा छलफल भएको स्रोत बताउँछ । लोसपाले नागरिकता, मधेस आन्दोलनका झुठा मुद्दा फिर्ता, भाषालगायत माग गर्दै आएको छ । साथै, सिट बाँडफाँटमा सहमति भए लोसपा पनि गठबन्धनभित्र सहभागी हुने निश्चित देखिएको छ ।
मधेसवादी दलको मोर्चा
उता, मधेसवादी राजनीतिक दलबीच ‘आन्तरिक चुनावी मोर्चा’ निर्माण प्रयास पनि जारी छ । सरकारले ४ मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन गर्ने निर्णय गरेसँगै ‘चुनावी मोर्चा निर्माण’को आन्तरिक गृहकार्यमा मधेसवादी दल जुटेका हुन् ।
जनमत पार्टी अध्यक्ष डा। सिके राउतले गत आइतबार लोसपा अध्यक्ष ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटेर चुनावी मोर्चा प्रस्ताव गरिसकेका छन् । यद्यपि, यस विषयमा थप छलफल भने अघि बढेको छैन । यो समाचार सुभाष साहले आजको राजधानी दैनिकमा लेखेका छन ।