लहरे आँपको परिचय

0
6
  डा लछी सिंह,  
१ लेखको पृष्ठभूमिः
मेरो डाईरीको पन्नाबाट लिएको लेखमा, आज मेरो घरको सानो बर्गैचामा भएका फलफूलहरु मध्ये लहरे आँपको बारेमा संक्षिप्त परिचय दिन चाहन्छु । म समाजशास्त्र विज्ञ भएकोले समाजमा भएका गतिविधिहरु सम्बन्धि समान्य प्रकाश पार्न चाहन्छु । त्यसै सिलसिलमा देशको सकारात्मक परिर्वतनका लागि नयाँ सोच, नयाँ बिचार, नयाँ परिर्वतन र नयाँ विकासका साथै नेपाल समृद्धि बनाउनमा सबै लाग्नु अत्यावश्यकछ भन्न चाहन्छु। सो सम्बन्धि समुदायमा चेतनाको अभिवृद्धि गराउन हाम्रो हत्वपूर्ण जिम्मेवारी हो । मेरो डायरीको पानाबाट धेरै जसो लेखरचनाहरु तथा अनुसन्धानका प्रतिवेदनहरु प्रकाशन हुँदै आएकोमा त्यसबाट स्थानीय समाजमा केही चेतनाको अभिवृद्धि भएकोछ भने महसुस भएकोछ । यी मेरा कोशेलीहरुले स्थानीय समाजमा केही सकारात्मक परिवर्तन ल्याएकोछ भने आशा लिएको छु । अब म आजको मुख्य बिषयमा प्रवेश गर्न चाहन्छु । त्यो बिषय हो लहरे आँप, यो फल नेपालको लागि नयाँ फलको रुपमा चिनियको हो । यस फलको माग नेपाली बजारमा धेरैनी बढीछ । यस बिषय प्रति मेरो सानो अनुभव सबै समक्ष आदानप्रदान गर्न चाहन्छु । मेरा छरछिमेकीहरुले बैगामा भएका लहरे आँपका लहरा क्रमबद्ध काटदै माँस्दै जानेक्रममा म पनि साँच्चिकै यो फल नचाहिने होकी भनी भ्रमित भएको थिएँ । तर एक पटक आफनै मंनमा सोचे साँचिकै यो फलको लहरा चाहिदैन् तरु के यस सम्बन्धी अनुसन्धान गर्नुपर्छ कि भनि मंनमा सोचेको थिए तर त्यसले राम्रो परिणाम लियो र म अनुसन्धानको प्रकृर्यामा अगाडी बढे । त्यसपछि मात्र यो लहरालाई माँस्नु पर्ने भए माँसुला भनि सोचेको थिएँ । साथै मैले आफनो सम्पूर्ण परिवारका सदस्यहरुलाई यो लहरा नकाटनु र नमाँस्नु होला भनी सुचित गराएको थिएँ । त्यसपछि लहरा के होरु र यसको फलले के फाईदा गर्दछ भनी अनुसन्धानको काम अगाडी बढे । अनुसन्धान गर्दागर्दै बिचमा त महत्वपूर्ण फलको रुपमा चिनिने भयो, यो लहरे आँप । मेरो बगैंचामा भएको लहरालाई राम्रो जलमल गरी हुर्काउदै जादाँ एकदिन त्यस लहराबाट राम्रो फलको उत्पादन भयो । त्यसको नाम रहेछ लहरामा फल्ने “लहरे आँप” । त्यो फलको टेस्ट गर्दा अति मिठो स्वादीलो भएको महसुस गर्यौं । आखरिमा त्यो फल त अति फाईदाजनक भएको जानकारी अनुसन्धान पश्चात थाँहा भयो । अहिले त्यसको अर्थ तथा विभिन्न फाईदाहरु सम्बन्धि बुझदाँ सबैले भन्छन् हजुरले त यो फल बचाएर राम्रो गर्नु भयो डा।साहब । हामीले त व्यर्थमा सम्पूर्ण फलको विरुवा माँसी दियौं । अब के गर्ने ? भनु भएको थियो । यस फलको बारेमा बुझदाँ नेपाली बजारमा निकै माग रहेछ । त्यसैले कुनै पनि चिज नष्ट गर्नभन्दा पहिले त्यसको बारेमा राम्रो जानकारी लिनु अत्याआवश्यक हुन्छ भन्ने सुझाव दिन चाहन्छु सबैलाई ।
२ लहरे आँपको संक्षिप्त परिचयः
अब म लहरे आँपको संक्षिप्त परिचय दिन चाहन्छु । लहरे आँपलाई विदेशमा प्यासन फ्रुट  (Passion Fruit)  को रुपमा चिनिन्छ भने एसियाका धेरै देशहरु मध्ये नेपालमा लहरामा फल्ने फल भएकोले यसको नाम लहरे आँप रहेको हो । भारतमा यस फललाई श्रीकृष्ण भगवानले मंन पराएकोले यस फललाई कृष्ण फलको रुपमा चिनिने गरेकोछ । अन्य एसियाका धेरै जसो देशहरुमा यसै प्रकारले विभिन्न नामले चिनिने यो फल स्वास्थयका लागि अति राम्रो मानिएको छ । यो फलको जन्म पहिलो पटक ब्राजिल तथा दक्षिण अमेरिकामा भएको हो । साधारणतया यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा पाईन्छ । विश्वका धेरै देशहरुमा यस फलको खेती गर्दै आइरहेकोले यसको महत्व बढेकोछ । यो फल २०औं शताब्दीमा दक्षिणी भारतको कर्नाटका, निलगिरीस, कुर्ग र मालाबार भन्ने स्थानहरुमा पहिलो पटक खेतीको रुपमा गर्दै आएको इतिहास छ । यस फलको स्थानान्तरण ब्राजिलबाट श्रीलंका, इन्डोनेशिया र भारत हुँदै अहिले यो फल नेपालमा आइपुगेको छ । नेपाल देशकालागि यो फल नयाँ भएकोले यस फल सम्बन्धि व्यक्ति, घरपरिवार तथा समाजमा राम्रो जानकारी छैन् । यो फल व्यवसायिक दृष्टिकोणले बढी फाईदाजनक छ । हाल नुवाकोट, रामेछाप र काठकाण्डौ उपत्यकका केही बैगचामा केही किसानहरुले र शहरी घरको कौशी तथा बैगचामा सानो तिनो खेतीको रुपमा गर्दै आउनु भएकोछ । तर व्यवसायिक रुपमा अघि बढन नसकेकोले यस फल सम्बन्धि महत्वपूर्ण जानकारी पाउन अत्यावाश्यक दिखन्छ । मेरो सल्लाह अनुसार शहरमा बनेका सबै घरहरुमा कौशी खेतीको विकास गरी सम्पूर्ण शहरलाई हरियालीमा परिर्वतन गरी अगाडी बढेमा नेपाली सरकार तथा जनताको ठुलो भलो हुनेछ ।
 लहरे आँपको प्रकारः
नेपाली समाजमा यस फल सम्बन्धी चेतनाको अभिवृद्धि गर्न अत्यावश्यक छ । अँग्रेजीमा यसलाई प्यासन फ्रुट   भनेर चिनिने भएकोले यसको परिचय जतातत्तै भएकोछ । लहरामा फल्ने फल भएकोले यस फललाई लहरे आँप  भन्ने चलन पनि छ । यसको नाम आँप भएपनि यो फल आँप भन्दा फरक स्वादकोछ । धेरै मानिसले यस फललाई एकपटक चाखि सकेपछि धेरै मंन पराउने र फेरी फेरी खाने ईच्छा लाग्ने हुन्छ भनेका छन् । लहरे आँप अर्थात प्यासन फ्रुट नेपालीकोलागि अहिले पनि नयाँ नै फल हो तर अति आवश्यक देखिन्छ । यो फल अमिलो जातको भएकोले यो फलमा गुलियोको मात्रा कम हुन्छ र मिठो मानी खाने नेपाली जिब्रोको स्वादलाई त्यति स्वादिलो नलाग्न सक्दछ । तर यो फल स्वास्थ्यको लागि धेरैनी फाइदाजनक छ । तर विदेशी बजारमा अग्र्यानिक फलको रुपमा चिनिने यो फल औषधिको रुपमा स्थानीयमा प्रयोग गरेको कुरा सुनिन्छ । त्यसले होला बिदेशी बजारमा यसको माग राम्रो रहेको पाईन्छ ।
लहरे आँप पहेलो, गोल्डन र बैजनी रंङ्गको हुने भएकोले तीन रंङ्गमा बजारमा पाईुन्छ । यस फलको माग नेपाली बजारमा पनि दिन(प्रति(दिन बढदै गइरहेको छ । त्यसकारण हाम्रा देशका सबै घरपरिवार तथा समाजलाई यस फल सम्बन्धी राम्रो ज्ञान दिएमा फलको उत्पदान बढाउन मद्दत मिल्ने छ । नेपाली समाजमा मंनचाही आम्दानी आयआर्जन गर्न पनि सकिन्छ । यस फलको उत्पादनले प्रत्येक घरपरिवार तथा समाजमा समृद्धि ल्याउने काम गर्दछ । नेपाल देशमा मौलाएको बेरोजगारी कम गर्दै लैजाने छ । यो मेरो सुझाव नेपाल सरकारलाई  पनि छ । एककिृत लहरे आँपको कृषि र्फाम दर्ता गगराई व्यवसायिक र्फामको रुपमा शुरुवात गरेमा राम्रो आम्दानी आर्जन गर्न सकिने छ । रहर लाग्दो खेतीलाई समयमा नै उत्पादनमा परिणत गराउदा अतिनै राम्रो हुनेछ सम्भावना देखिन्छ । यस फलको परिचय यहीसम्म दिन चाहन्छु ।
३ लहरे आँपको बैज्ञानी प्रविधिः
यसको फाईदा आँप भन्दा बढी लिन सकिने भएकोले वैज्ञानिक रुपमा यसलाई बढी प्रयोगमा ल्याउन सकिने छ । हाल यसको विक्रि प्रति किलो ७ सयदेखि १२ सयसम्म पुगेको नेपाली बजारमा इतिहास भेटिन्छ । त्यसैले नेपालका नाङ्गा डाँडा काडाँहरुमा यस फलको एकिकृत खेती गरेमा आर्थिक फाईदा बढी लिन सक्निछ । तर नेपाल सरकारले चाहेमा यो फलको खेतीको प्रबन्र्धन तथा विकास आधुनिक खेतीको रुपमा गर्न सक्ने बढी सम्भावना छ । विदेश बजारमा पनि बढी माग भउकाले निर्यात गर्न सकिन्छ । साथै नेपालको बेरोजगारी समस्यालाई अन्त्य गर्न सकिन्छ । यस फलले आर्थिक स्थिति बलियो बनाउनका साथै प्रत्येक परिवारको आयआर्जन बढाउन सकिन्छ । बैज्ञानिक हिसाबले भन्ने हो भने यस लहरे आँपको फूल एकदमै सुन्दर र आकर्षित हुने हुँदा स्पेनिसहरुले यसलाई  “Passion Fruit”  भनेर नामाकरण गरेको पाइन्छ । यो फल सदाबहार, बहुबर्षे र लहरामा फल्ने फलको कारणले धेरै फाईदाजनक छ भनि चिनिएको छ । बैज्ञानिक हिसाबले एउटा फलमा १८ ग्रामको लहरे आँपमा ९७ प्रतिशत क्यालोरी शक्ति पाईन्छ भने यसमा २३ ग्राम प्रतिशत कार्बोहाइड्रेट, १० प्रतिशत ग्राम फाइबर, २ प्रतिशत ग्राम प्रोटिन र ० दशमलव ०६ प्रतिशत ग्राम फ्याट पाईन्छ । भिटामिन ए, सोडियम, म्याग्नेसियम, सल्फर र क्लोराइड पनि यो फलमा पाउदै आएको छ । फाइबरको मात्रा बढी हुने भएकोले यसमा क्यान्सर प्रतिरोधी क्षमता अधिक छ भने चलन छ ।
उदाहरणको रुपमा भन्ने हो भने हाल लहरे आँपको व्यवसायिक रुपमा खेती गर्ने देशहरुमा अष्ट्रेलिया, न्युजिल्याण्ड, केन्या, युगान्डा, रुवाण्डा, भारत, श्रिलंका, हालसालै नेपालमा पनि शुरुवात गरिएको छ । संयुतm राज्य अमेरिकाको फ्लोरिडा, ह्वाई र क्यालिफोर्नियामा यस फलको बढी व्यवसायिक खेतीको रुपमा विकास गरेको देखिन्छ । यस फलको उत्पादन फूल फुलेको करिब ८० दिनभित्र फल टिप्नको लागि तयार हुन्छ भने भनाईछ । यस फललाई रोपेको करिब ९ महिना भित्र विरुवा परिपक्व भइ हुर्किने गर्दछ साथै फल लाग्ने पनि हुन्छ । उपयुक्त मात्रामा सिंचाईको उपलब्धता भएमा यो विरुवाले बर्षमा ४ पटकसम्म उत्पादन दिन सक्दछ । छिमेकी राष्ट्र भारतको मनिपुर, नागाल्याण्ड र मिजोरम राज्यमा समेत यसको व्यवसायिक खेतीको रुपमा गरेको पाईन्छ । ब्राजिलमा यसको व्यवसायिक खेती गरि ठूलो परिमाणमा रस निकाल्ने र प्रशोधन गरेर उद्योगहरुको स्थापना भएकोछ । विदेशमा समेत निर्यात गरेको इतिहास कायम नै छ । नेपालमा भन्ने हो भने हालसम्म यसको व्यवसायिक खेती गरेको पाईदैन् । साधारणतया यो फललाई ताजाफलको वा  “Fresh Fruits”   को रुपमा प्रयोग नगरिको पाईन्छ । यसको जुस पौष्टिक तत्व, खनिज पदार्थ र औषधियुतm गुण भएको हुनाले अन्य प्रयोजनमा पनि प्रयोग गरिएको छ । यो फल साना साना कृषकहरुको लागि बढी महत्वपूर्ण देखिन्छ । नेपालमा आम्दानीको उपयुतm श्रोत हुने भएकोले यो फल सुनिश्चित रुपमा मूल्यवान भई खेतीको लागि बढी उपयोग छ र त्यसै सिलसिलमा कृषकहरुको चेतनाको अभिवृद्धि गर्नु पर्ने हुन्छ । साथै स्वरोजगारीको सृजना पनि हुनेछ । साना तथा मझौला कृषकहरुको आयआर्जनका लागि यो खेती महत्वपूर्ण छ । आयआर्जन वृद्धिले गरिबी निवारणमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
फलफूलहरु मध्ये लहरे आँप बहुगुण भएको हुनाले स्थानीय तथा बिश्व बजारमा यस फलको बढी महत्वता र मागछ । यो फल प्राय मध्य पहाड तथा काठमाण्डौ उपत्यकमा पनि फलाउन सकिन्छ । लहरे आँपमा एन्टि अक्सिड्यान्ट तत्व पाइने भएकाले रिस घटाउने, मुटुलाई स्वस्थ राखने र रोगसँग लड्ने क्षमता बढाउनेछ । छिटपुट रुपमा माथिल्लो चुरे क्षेत्रमा पनि यो फल फलाउन सकिन्छ । यस फलको बैज्ञानिक हिसाबले भन्दा एउटा पाकेको लहरे आँपमा ५१ प्रतिशत बोक्रा, ३६ प्रतिशत रस र ११ प्रतिशत बिउले ढाकेको फलको आकार हुन्छ । यो सामान्यतया १२ सयदेखि २ हजार मिटरको उच्चाईमा फल्ने फल हो । माटोको पीएच ६ देखि ७ सम्म यसका लागि उपयुक्त मानिन्छ । सामान्यतया १८ देखि ३० डिग्री सेल्सियस तापक्रम भएको भुगोल यस फलकालागि उपयुक्त मौसम मानिन्छ । त्यस्तै बार्षिक ९ सयदेखि २ हजार मिलिमिटरसम्म बर्षा हुने ठाँउमा यो फलको लागि उपयुक्त हुन्छ । यो फल दैनिक सरदर ५ देखि ७ घन्टासम्म घाम लाग्ने ठाँउमा फलछ । यसलाई लहरा काटेर पनि रोप्न सकिन्छ । नत्र फलभित्र पाइने विउबाट विरुवा उमारेर पनि रोप्न सकिन्छ । यसकालागि विरुवा रोप्नुभन्दा करिब महिना अधि नै खाल्डो तयार पारेर मल हाल्नु पर्छ । आधा मिटर गहिरो र आधा मिटर फराकिलो खाल्डोमा १० केजीसम्म पाकेको मल हालेर खाल्डो तयार गर्दा यो विरुवा छिटै उमिने हुन्छ । यस फलको बारेमा भन्दा बैज्ञानिक फाईदा तथा राम्रो जानकारी यहीसम्म प्रस्तुत गर्दछु । अफै धेरै फाईदा हुने भएकोले फाईदाको लहरमा बढी गरिने बाँचा गर्दछु ।
४ लहरे आँपको खेती प्रविधिबारे जानकारीः
लहरे आँप बहुगुण भएको फल हो । एउटा विरुवादेखि अर्कोको बीचको दूरी २ मिटर र एक लहरादेखि अर्को लहरा बिचको दूरी ३ मिटर राख्नु पर्दछ । यसलाई साढे २ मिटर अग्लो थाँक्रो हाल्नु पर्दछ । यसको फल्ने आयू ३ बर्षको हुन्छ । त्यसपछि माँस्नु पर्छ नत्र राम्रो फल लाग्दैन् । यो फल राम्रो हुँदा प्रतिलहरा ७५ केजीसम्म फल लाग्ने रेकर्ड देखिन्छ । मैले सुनेकोमा एक हेक्टरमा १६ सय ६७ वटा विरुवा रोप्न सकिन्छ । प्रति हेक्टर १५ देखि २० टनसम्म फल पलाउन सकिन्छ । थोरै जमिनमा अथवा एक रोपनीमा १०० सय २६ वटा विरुवा लगाउन सकिन्छ । लहरे आँपमा फूल फूलेको २० दिन पछि फलमात्र पूर्ण आकारमा फल देखिने गर्दछ । उतm अवधिसम्म फलको तौल पनि चाँडो दरमा बढने देखिन्छ । त्यसपछि बिस्तारै परिपक्व हुदै जाने गर्दछ । फूल फूलेको ३० दिनपछि फलमा रसको मात्रा बढदै लाने गर्दछ । साथै ६० दिन पछि फलको भित्रि रङ्ग पहेलोबाट क्रमशः सुन्तला रङ्ग जस्तो परिर्वतन हुदै जान्छ । फूल फूलेको दिनदेखि ७० दिनसम्म फलको बाहिरी बोक्राको रङ्ग हरियो नै रहन्छ । फूल फूलेको ९० दिन पशचात फल पूर्ण रुपमा पाक्न थाल्छ । यो फल पाकी सकेपछि लहराबाट छुट्टिन शुरु गर्दछ । थाँहा पाउन पर्छ जब राम्रोसंग पाकेको फल लहराबाट छुट्टिन्छ त्यस पछि मात्र खाने योग्य हुन्छ । यसरी पाकेर फलहरुलाई दिउँसोको घामको प्रतिकूल असर नपर्ने हिसाबले बिहानको समयमा फललाई विरुवाबाट वा लहराबाट संकलन गर्नु पर्दछ । यो यस फलको प्रविधि भित्र पर्दछ ।
५ लहरे आँपको फाईदाहरुः
 लहरे आँपको नियमित सेबनले क्यान्सर र मुटु सम्बन्धी रोग लाग्नबाट बच्न सकिन्छ ।
 यो मस्तिककालागि उपयोगी फल हो । साथै यस लहरे आँपले हड्डी र दाँत समेत मजबुत बनाउनुका साथै रक्तसञ्चार कम गर्न समेत सहज गराउँदछ ।
 लहरे आँप गर्भवती महिलाकालागि उपयोगी हुन्छ । त्यस्तै, वजन  तथा प्रेशर घटाउन महत्वपूर्ण भूमिका खेल्दछ ।
 छाला मुलायम बनाउन मद्दत गरेर मानिसलाई सधै जवान बनाईमा भूमिका खेल्दछ ।
 मधमेहका रोगीकालागि लहरे आँप अमृत सरह हुन्छ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि भूमिका खेल्दछ । त्यसैगरी, शरीरमा कालेस्ट्रोल नियन्त्रण गर्न समेत मद्दत गर्दछ ।
 यदि तपाई सर्जरी वा अप्रेसनको दौरान हुनु हुन्छ भने यो फल सेवन नगर्दा राम्रो मानिन्छ ।
 लहरे आँपको बाहरि बोक्रा सुकाई चुर्ण बनाई अनिवारमा लेप लगाउदा अनुहारमा भएको कालो दाँग, पोतो र खटेरा हराउनका साथै अनुहारको चाउरी समेत तनकाई दिन्छ । अनुहारमा मुलाएम बनाउनका साथै गोरो बनाउने काम पनि गर्दछ । तल प्रस्तुत गरेका फलका विभिन्न भागलाई प्रयोगमा ल्याउन सकिन्छ ।
६ लहरे आँपको माग र निर्यातः
लहरे आँप सेवन गर्दा रसिलो र मिठो भएकाले समाजमा सबै जनाले स्वाद लिइ खाने गर्दछन् । यस फलको बयान गर्दा जति गरे पनि गर्न सकिदैन् । नेपालको लागि यो फल नयाँ भएकोले सबै जनालाई यसको बारेमा बढी महत्व र फाईदा सम्बन्धी जानकारी छैन् । यो फल विभिन्न औषधिको रुपमा प्रयोग गर्न सकिन्छ । यस फलका बहुगुण भएकोले यस को माग स्थानीय र बाहिर दुबै बजारमा बराबर छ । नेपालमा भरखरै यो को परिचय भएकोले यस फललाई सबैले चिनिने मौका पाएका छैनन् । यस फलको भित्रि र बाहरि भाग दुइटै प्रयोगमा ल्याउन सकिने भएकोले बढी उपयोगी फलमा पर्दछ । माथिको ब्याख्यामा फाईदा प्रस्तुत गरिएको छ र त्यहाँबाट थाहाँ पाउन सकिन्छ । यो फल कतिको उपयोगी छ भने कुरा ।
यस फलको माग नेपाल र विश्वका  सबै देशहरुमा बराबर छ । यो फलको उत्पादन बढयो भने नेपालले बिदेशमा निर्यात गर्न सकिनेछ । यो फल लामो समयसम्म राख्न सकिने भएकोले विदेशमा सजिलै सँग पु¥याउन सकिने छ । यो फल अमेरिका, अष्ट्रेलिया, एसिया र अफ्रिका देशहरुमा निर्यात गर्न सकिन्छ र ती देशहरुमा यसको माग बढीछ । नेपालले विदेशमा निर्यात गर्ने उत्पादन गर्न सकिायो भने आर्थिक हिसाबले धेरै बढी अभिवृद्धि गर्न सकिने छ । यो सुझाब नेपाल सरकारलाई छ ।
७ लहरे आँपको निष्कर्षः
अन्त्यमा यस फलको महत्वपूर्ण भूमिका नेपालकोलागि छ । यो फल पहाड, हिमाल तथा तराईमा बराबरै उत्पादन गर्न सकिन्छ । लहरे आँपको माग अनुसार नेपालको बजारमा बढी छ । यो लहरे आँप फल औषधिको रुपमा लिन सकिन्छ । त्यस कारण यसको महत्व नेपालमा छ र खपत पनि हुने गर्दछ । यस फलको बढी उत्पादन भएमा नेपालले विश्वका देशहरु मध्य अमेरिका, अस्टेलिया, केनेडा, युरोपका धेरै देशहरुमा र एशियाका अन्य देशहरुमा निर्यात गरी आर्थिक आयआर्जन गर्न सक्नेछ । यस फलको ब्रोक्रा बाक्लो भएकाले बढी समयसम्म सुरक्षित राख्न सकिन्छ । यसको स्वाद झन मिठो भएर जानेछ । नेपालको बेरोजगारी समस्यालाई हल गर्नेछ । बिदेशिएका युवाहरुलाई आधुनिक कृषिको उत्पादनमा लगाई स्वरोजगारी दिन सकिन्छ । बिदेशिने युवाहरुलाई नेपालमै रोजगारी दिन सक्नेछ अर्को उपाए हुनेछ । यो शिक्षा नेपाल सरकारलाई पनि दिनु अतिआवश्यक छ । यस फलको खेतीको लागि बढी मल र सिंचाई पनि चाहिदैन् । अन्त्यमा निष्र्कर्ष निकल्दा नेपाल सरकारले संध, प्रदेश र स्थानीय स्तरमा व्यापक रुपमा कृषिमा लगानी लगाई नवयुवा वा जेन्जीहरुलाई फलफूलको खेती काम लगाउने हो भने हालको समस्या हल गर्न सकिन्छ । नेपाल सरकारले एकीकृत कृषि खेतको रुपमा विकास गर्ने हो भने नेपालमा हरितक्रान्ती गरी देशलाई नयाँ ब्राण्डीङ्गको रुपमा अगाडी बढाउन सक्नेछ । सो श्रोतले देशको आयआर्जनमा वृद्धि गराउनका साथै देशको विकासमा नयाँ फडको लगाउन सक्नेछ । यदि नेपाल सरकारलाई सहयोग चाहेमा सामुदायिक विकास कार्यक्रम नेपाल (Community Development Programme Nepal)  अथवा छोकरीमा CDP Nepal   विज्ञहरु सँग सम्पर्क गरी देशमा नयाँ आयाम ल्याउन सक्नेछ । सो योजनाको सम्र्पक ठेगानाः     cdpnepal1@gmail.comहो । मैले पनि सो संस्थाबाट धेरै ज्ञानको शिक्षा लिएको हुनाले सल्लाह दिएकोछु । आजलाई यही कलम रोक्ने छु र विदा चाहन्छु बाकी अन्य लेखमा लेख्ने अनुरोधका गर्दछु ।  यस लेखका लेखक डा सिंह, हार्ट क्लब नेपाल ललितपुर जिल्लाका सभापति हुन

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here