![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
ललितपुरमा बाल प्रतिभा प्रस्फुटन
ललितपुर ।
ललितपुर महानगरपालिका समाजकल्याण महाशाखा, सामुदायिक शाखाले बालश्रम विरुद्ध विश्व दिवस–२०२२ को अवसरमा बाल प्रतिभा प्रस्फुटन कार्यक्रम शनिबार आयोजना गरेको छ ।
नगरस्तरीय बाल क्लब सञ्जालले भ्वाईस अफ चिल्डे«नको समन्वयमा ललितपुरको पाटनढोकामा सो कार्यक्रम आयोजना गरेको हो। कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका उपमेयर मञ्जली शाक्यले बालबालिको विकासको क्षेत्रमा बजेट विनियोजित गर्ने कार्यलाई प्रथमिकतामा राखिने बताउनुभयो ।
सो अवसरमा सञ्जालका अध्यक्ष युसा शाक्यले सामाजिक विकास अन्तर्गत बालबालिकाको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास र रचनात्मक कार्यक्रमको लागि जनप्रतिनिधिहरु इच्छाशक्ति र प्रतिबद्धताको खाँचो रहेको धारणा राख्नुभयो ।
सो अवसरमा महानगरपालिकाका १ देखि २९ वडाका १ सय २२ जना बालबालिकाले आफूले सिकेको गायन, नृत्य,वाद्य, लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए । ३ सय बालबालिकाहरु सो कार्यक्रममा सहभागी भएका थिए ।
source:News of Nepal