रास्वपावाट समानुपातिक उम्मेदवारीका लागि कल्पना पाण्डेको आकांक्षीका रुपमा दाबी
९ पुष,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार आकांक्षीका रूपमा कल्पना पाण्डे लम्सालले आफ्नो दाबी प्रस्तुत गरेकी छन् । लुम्बिनी प्रदेश, रुपन्देही क्षेत्र नम्बर ३, खस–आर्य समूहबाट उनले समानुपातिक उम्मेदवारीका लागि आकांक्षा व्यक्त गरेकी हुन् ।
लम्साल लुम्बिनी प्रदेशकी पूर्व मन्त्री समेत रहिसकेकी अनुभवी नेतृ हुन् । प्रदेश सरकारमा रहँदा उनले नीति निर्माण, सुशासन र जनमुखी कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन् । राजनीतिक र प्रशासनिक अनुभवलाई पार्टी र जनताको हितमा प्रयोग गर्ने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अघि बढाइरहेका बेला लम्सालको उम्मेदवारी आकांक्षाले पार्टीभित्र थप चासो र चर्चा पाएको छ । पार्टीको विचार, सिद्धान्त र सुधारको एजेन्डालाई मजबुत बनाउन आफू सक्षम रहेको उनले बताएकी छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.