![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
रास्वपाको सचिवालय बैठक आज बस्दै
१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ। सोमबार बिहान साढे ११ बजे बैठक पार्टी कार्यालय वनस्थली, काठमाडौँमा बस्ने पार्टीका एक जना नेताले जानकारी दिएका छन ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव सङ्गठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्याट विभाग नियमावली २०८१ मा छलफल हुने कार्यसूची रहेको छ ।
बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आबद्धता विषयमा, संसद् अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय सङ्गठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेन्डा रहेको जनाइएको छ।