यो मुलुकलाई स्थिरता, इमानदारी नेतृत्व चाहिएको छः लुइटेल

0
12

२२ मंसिर, काठमाडौँ । प्रजातान्त्रीक पार्टी नेपालका अध्यक्ष तारानाथ लुइटेलले नेपालको वर्तमान राजनीतिक जटिलता र अस्थिरताबाट देशलाई जोगाउन संवैधानिक राजतन्त्र र वैदिक सनातन हिन्दु राष्ट्र नै सर्वश्रेष्ठ विकल्प भएको दाबी गर्दै जनतामा प्रत्यक्ष अपिल गरेका छन्।

लुइटेलका अनुसार राप्रपा भित्रका केहीले “राजा आउने” जस्ता नारा दिए पनि त्यो केवल समर्थकहरूको भोट आकर्षित गर्ने राजनीतिक चालबाजी मात्रै भएको आरोप लगाउँदै प्रजातान्त्रीक पार्टी नेपाल भने स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएको बताएका छन्।

ओमकार परिवारसहित देशभर संगठन विस्तार तीव्र रूपमा भइरहेको उल्लेख गर्दै उनले इतिहासले धेरैपटक राजा र राजसंस्थालाई मुलुकका इमानदार, राष्ट्रभक्त अभिभावकका रूपमा प्रमाणित गरिसकेको दाबी गरे। हालैको जेनेरेशन–जेड (Gen Z) आन्दोलनपछि देशमा अभिभावकत्वको आवश्यकता झनै तीव्र रूपमा देखिएको भन्दै उनले संवैधानिक राजसंस्थाको पुनर्स्थापनाका लागि राष्ट्रभक्तहरू एकजुट हुन अपिल गरे।

“यो मुलुकलाई स्थिरता, इमानदारी र नेतृत्व चाहिएको समयमा सबै राष्ट्रभक्त नेपालीहरूले एक आवाजमा बोल्नुपर्छ,” लुइटेलले भने, “राजसंस्थाको पुनर्स्थापना आजको राष्ट्रिय आवश्यकता हो।”

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here